अन्तराष्ट्रिय चित्रकला प्रदर्शन राज्यमन्त्री द्धारा उदघाट 

0
81

काठमाण्डौ ।अन्तराष्ट्रिय चित्रकला प्रदर्शनको उदघाटन संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गर्नु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंगलवार प्रतिष्ठानको सभाहलमा एक हप्ता सम्म चल्ने गरी अन्तराष्ट्रिय चित्रकला प्रदर्शनको उदघाटन राज्यमन्त्री सिर्पालीले गर्नु भएकानेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रराज थुमकेलीले बताउनु भएको छ ।

नेपाल र जर्मनका कलाकारहरुको माघ २२ र २३ मा चलेको दुई दिवसीय आवासिय कार्यशाला गोष्ठीमा संचालन भएको थियो । सो कार्यशाला गोष्ठीमा जर्मन र नेपालका गरि  ४० जना चित्रकारहरुको उपस्थिती रहेको सदस्य सचिव थुमकेलीले बताउनु भएको छ ।

जर्मन र नेपालका कलाकारहरुको संयुक्त आयोजनामा चल्ने एक हप्ता सम्मको चित्रकला प्रदर्शनीले नेपाल र जर्मनका जनाताको भावनाको प्रनिनिधित्व गर्ने राज्यमन्त्री सिर्पालीले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हाे ।दुई देशका कलाकारहरुको संयुक्त उपस्थितीले नेपालको पर्यटन प्रर्वद्धन समेता सहयोग पुग्नेमा आफु विस्वस्त रहेको बताउनु भयाे ।

फागुन १५ गते सम्म चल्ने अन्तराष्टिय चित्रकला प्रदर्शनीको उद्यघाटन कार्यक्रममा नेपालका लागि जर्मनी राजदुत डा.थोमस प्रिन्ज, ईजराईलमा राजदुट होनान गोटर लगाएतका विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा वरिष्ठ चित्रकार कृष्ण मानन्धर र मुकेश मल्ल लगाएतको उपस्थिती रहेको थियो भने ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हर्तमछालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको थियो भने कनेक्टींग कल्चर थ्रो आर्ट नामको पुस्तिका समेत विमोचन गरीएको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here