बर्दघाटमा औद्योगिक ब्यापार मेला सञ्चालन हुने

0
67

पप्पु रेग्मी, ७ फागुन, बर्दघाट ।बर्दघाट उद्योग बाणज्यि संघ बर्दघाट पश्चिम नवलपरासीले यहि फागुन १७ गते देखि२९ गते सम्म सातौं कृषि पर्यटन, सस्कृती तथा औद्योगकि ब्यापार मेला २०८० बर्दघाट नगरपालिका – ४, हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा मेला सञ्चालन गर्ने भएको छ।
बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा सातौ बर्दघाट कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक ब्यापार मेला २०८० को आयोजनाबारे संघको सभाहलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

कृषि, पर्यटन, उद्योग र ब्यापार, समृद्ध बर्दघाटको बलियो आधार भन्ने मुल नाराका साथ बर्दघाट मण्डपमा आयोजना हुने महोत्सवले बर्दघाट नगरलाई पर्यटकिय नगरको रुपमा परिचित गराउदै समग्र आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।
करिव ७५ लाख रुपैया खर्च हुने अनुमान गरिएको मेलामा करिव ४ करोडको आर्थिक कारोवार गरेर २० लाख रुपैया बचत गर्ने लक्ष्य रहेको बताईएको छ ।बचत हुने रकम आफनाे सदस्यहरुको हितकाे लागि १ लाख रुपैयाँ बराबरको ब्यवसायिक विमा गर्ने, ब्यवसायिक विपत कोष खडा गरेर व्यवसायिका लागि उचित तालिम प्रदान गर्ने योजना अनुसार मेला सञ्चालन गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
१२ दिन सम्म सँचालन हुने महोत्सवमा २३ वटा उप-समूहहरुको चयन गरिएको छ। दैनिक उपभोग्य सामाग्री जडिबुटी तथा कुटिर उद्योगका उत्पादनको समेत प्रदर्शनी गरिने बताइएको छ। राष्ट्रिय एवं स्थानिय कलाकारहरुको प्रस्तुतीले साँगितिक माहौल श्रृजना गराइ दर्शकलाई साँगितिक वातावरण प्रदान गरिने सँघका महासचिव गँगा प्रसाद पाठकले बताउनु भयो ।

बर्दघाट नगरका फेन्सी पसलहरुलाई फाल्गुन १२ गते सम्म स्टल बुक गर्दा ५० प्रतिशत छुट दिने तयारी गरिएको हाे,मेलामा २ सय ५० बढी स्टल रहने, कृषि र लघु उद्यमका स्टल निःशुल्क रहने मेलामा करिव १ लाख ५० हजार दशर्कले अवलोकन गर्ने अपेक्षा रहेको संघका वरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here