परासीमा पनि औधाेगिक मेला लाग्ने

0
81
Exif_JPEG_420

नवलपरासी :पश्चिम नवलपरासीमा फागुन १६ देखि ३० गते सम्म लाग्ने भएको छ ।छैठौं औद्योगिक व्यापार मेला तिब्र तयराी  भईरहेको छ ।

नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा भैरहवा भुमही सडक छेउमा कृषि, पर्यटन, उद्योग, व्यापार प्रदर्शनी मेला हुन लागेकोे बुधवार पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।

मेलामा स्कुलको लेटर प्याडमा समूह बनाई आउने विद्यार्थीलाई टिकट रु.५०,स्कुलको कार्ड बोकेर आउनेलाई ७० रूपैयाँ र अन्य दर्शकहरुलाई १०० रूपैयाँ टिकट लाग्ने संघले जनाएको छ ।

मेलामा कृषि पर्यटन उद्योग व्यपारलाई प्रबद्रर्धनका लागि प्रथामिकतामा राखेर मेला आयोजना गरिएको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए । अहिले आर्थिक बन्दी रहेकोले व्यापार व्यवसाय चालयमान बनाउने मूल उद्देश्य रहेको उनले बताए ।

रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको प्रवद्रधनका लागि गोष्ठी, सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका अध्यक्ष अग्रहरीले जानकारी गराए ।

धार्मिक, पर्यटकीय स्थलको चनारी, संस्कृति झल्किने गरी जात जातिको भेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिने संघका उपाध्यक्ष गिरीराज पाण्डेयले बताए ।

जिल्लामा अवस्थित ठुला मझौला साना तथा राष्ट्रिय स्तरका उत्पादनहरूको निर्यात प्रबद्रधन जोड दिदै बजार प्रबद्रधन नयाँ सम्भावना खोजि सन्दर्भिक गोष्ठी आर्थिक औद्योगिक कृषि पर्यटन सम्बन्धि अन्तक्रिया  गर्ने धार्मिक तथा पर्यटकीय स्थालहरूको व्यापक प्रचारप्रसार गर्नें उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष केशव भण्डारीले बताए ।

मेलामा १ सय ५० प्रकारका स्टलहरू राख्ने सँघका कोषाध्यक्ष भोला पराजुलीले बताए ।करिब दुई लाख दर्शक मेला वलोकन गर्न आउने अपेक्षा गरिएको तथा करीब पाँच करोड १० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।मेलाबाट फाएदा भएको रकमबाट अततिथि गृह बनाउने हाम्रो योजना छ।

मेलालाई भव्य र सभ्य रुपमा समपन्न गर्नको लागि विभिन्न समिति र अनुसार संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको संयोजकत्वमा मूल आयोजक समिति, पदाधिकारी सम्मलित नियमन समिति, स्टेरिड समिति, तथा विभिन्न विषय गत २५ वटा उपसमितिहरु निर्माण गरी तयारी थालिएको संघका सल्लाहकार श्याम कुमार बस्यालले जानकारी गराएका थिए ।

 

 

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here