रामग्राम १३ औं नगर सभा सम्पन्न 

0
76

सुरेश यादव,नवलपरासी: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकाे रामग्राम १३ औं नगर सभा सम्पन्न भएकाे छ ।

शिक्षा, स्वास्थ्य, खाने पानी, सरसफाई,र कृषि लगायत विकास गर्न राजनितिक दलका प्रतिनिहरूले रामग्राम नगरपालिकाकाे १३ औं नगर सभामा आग्रह गर्नु भयाे ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र प्रमुख अतिथि डा. कौशलेन्द्र बहादुर श्रीवास्तव नगरसभाको समुदघाटन समारोह सम्पन्न भएकाे छ ।

रामग्राम नगरपालिका स्थानिय सरकार तहेकाेले रामग्राम स्तुपाकाे विकासमा रामग्राम नगरपालिकाले नै विशेष जाेड दिनु पर्छ  डा. कौशलेन्द्र बहादुर श्रीवास्तवले बताउनु भयाे ।

२४ बर्ष देखि नक्कली रामग्राम स्तुपामाकाे भारतले प्रचार गर्दै आएकाे उहांले जानकारी दिनु भयाे,भारतका विभिन्न विश्वविद्यालका विद्यार्थीहरूले हिन्दी भाषामा अध्यन गर्ने गरेका छन ,रामग्राम स्तुपाकाे उत्खन्न काम निकै सिथिल अवस्थामा रहेको उहाँले व्यक्त गर्नु भयो ।नगरको आम्दानीको श्रोत बृद्धी गर्ने र जनताको जीवनस्तर वढाउने खालका योजना ल्याउन पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले आग्रह गर्नु भयो ।

नगरपालिका स्थानीय सरकार भएकोले जनताका आधारभूत आवश्यकता रहेकाेले कृषि, शिक्षा, स्वास्थ्य, खाने पानी, सरसफाईमा विशेष जाेड दिनु पर्छ, पूर्व रक्षा राज्यमन्त्री रामबचन यादव,धनश्याम यादव,संविधान सभाका सदस्य दुलारी हरिजन, चिनक कुर्मी,जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव,लगायत सुझाव दिनु भयाे ।”नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल र उप-प्रमुख सम्झना चौधरी स्वागत गर्नु भएको थियाे ।

भागिरथी थारु, नजबु निसा धुनिया जेष्ठनागरिक उत्कृष्ट संस्था, व्यक्ति, खेलाडी र नगरपालिकाका कर्मचारीहरुलाई पनि सम्मान गरेको नगर प्रमुख धनपत यादवले जानकारी दिनु भयो । कार्यक्रम संचालन शिक्षा अधिकृत सुन्दर खनालले बताउनु भयो

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here