नेपाल प्रहरी द्रारा सुस्तामा २४२ जनाकाे निशुल्क स्वास्थ्य शिविर

0
85

नवलपरासी :नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजनामा निशुल्क स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिएकाे जनाइएकाे छ।

पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका -५ स्थित नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजनामा सुस्ता प्रहरी कार्यालयको प्राङ्गणमा पृथ्वी चन्द्र अस्पतालको प्राविधिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा मंगलवार नि:शुल्क स्वास्थ्य शिविर गरिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे हाे ।

शिविरमा विभिन्न राेगका २४२ जनाकाे स्वास्थ्य परिक्षण गरि उपचार गरेकाे हाे,पृथ्वी चन्द्र अस्पतालबाट अधिकृत सहित ११ जना चिकित्सक शिविरमा  स्वास्थ्य जाँच गरेका थिए ।

सेवा नै धर्म हो,उदेश्यले  नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व बोकेको सुस्तामा निशुल्क संचालन गरिएकाे हाे,स्वास्थ्य  शिविर प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवारलाई निशुल्क स्वास्थ्य परिक्षण गरेकाे छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायतकाे अध्यक्षतामा संघका अध्यक्ष लक्ष्मी कुँवर  प्रमुख अतिथि श्रीमती रहनु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता रेशम बाेहराले बताउनु भयाे ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत,नेपाल प्रहरी श्रीमती संघका महासचिव अनुश्री पाख्रिन, सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय, गिता चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, जनप्रतिनिधीहरु, पूर्व प्रहरी कर्मचारीहरु,स्थानीय समेतको उपस्थिती रहेको थियाे  ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here