अर्थमन्त्री डा. महत नवलपरासी मेला उदघाटनमा परासी

0
44

राज चाेैधरी परासी :अर्थमन्त्री प्रकास शरण महतले देशका अर्थतन्त्र सुधार तर्फ उन्मुख हुदै गएको बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला-२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।
समस्या आए पछि जादु गरे जस्तो समस्या समाधन हुदैन त्यस्को लागी गहन गुहकार्य गर्न जरुरी छ ।‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र खतरामुक्त छ,’ बताए ।
अर्थमन्त्री महतले यस अघिको सरकारले बजेको सुनिश्चिताको विना आयोजनहरुको उद्घाटन गर्दै सुरु गरेकाले अर्थतन्त्रमा समस्या देखिएको बताउनु भयाे ।
राजस्व संकलन,विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गर्नु भयाे।

महेशपुर भन्सार मूल भन्सारमा परिणत भए पनि लक्ष्य अनुसार राजस्व संकलन नभएको भन्दै उनले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक पूर्वाधार विकासका भन्सारकाे लागि आवस्यक रहेकाेले आगामी दिनमा विनियोजन गर्ने आश्वासन दिनु भयाे।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here