विद्यार्थीकाे अभिभावक संग शिक्षक अन्तरक्रिया

0
64

नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन-५ स्थित रहेकाे राजनारायण माध्यमिक विद्यालय अभिभावक संग घर दैलाे तथा अन्तरक्रिया गरेकाे छ “शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नमूना विद्यालयको रुपमा साेही विद्यालय अघि बढेकाे हाे ।

शिक्षक र विद्यालय व्यवस्थापन समिति एक समूह बनाएर अभिभावक र विद्यार्थी संग अन्तरक्रिया गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं विद्यार्थीको आचारण सुधारका लागि विद्यार्थी तथा  अभिभावकको घरदैलोमा पुगेर अन्तरक्रिया गरेको विद्यालयका प्रधानाध्यापक रेशम कँडेलले जानकारी दिनु भयो ।

शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी,अभिभावक र विद्यालय व्यवस्थापन समिति समेतकाे आवश्यकता रहेकोले यो अभियान चलाईएको उहाँको भनाई छ ।

दुई समूहमा बनाएर पाल्ही, गेर्मी, गेरमा, सिसवा, चमनटोला, विष्णुपुरा लगायतका अभिभावक संग प्रत्यक्ष भेटघाट गरि अन्तरक्रिया गरेको जनाइएकाे छ । घरदैलोमा पुग्दा विद्यार्थीको पढाईको पारिवारिक पृष्ठभूमि, अभिभावकले खेल्नु पर्ने भुमिका लगायतका विषय बुझ्न सहज हुनुका साथै अभिभावकमा पनि अपनत्वको महशुस हुने भएकोले यो अभियान निकै प्रभावकारी भएको प्रधानाध्यापक कँडेलले भन्नु भयाे ।

अभियानको क्रममा अभिभावकबाट आएका सुझावलाई विद्यालयले कार्यन्यन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद गुप्ताले बताउनु भयो ।

शैक्षिक सुधार तथा वृद्धि गर्नका लागि अभिभावक र विद्यालयको संयुक्त पहलबाट मात्र विद्यार्थी र विद्यालयको अवस्थाकाे बारेमा जानकारी लिनु पर्ने र अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद गौडले बताउनु भयो ।

अभिभावकले छोरा छोरीलाई विद्यालय पठाएर मात्र जिम्मेवारी पूरा हुदैन समय समयमा विद्यालय पुगेर विद्यार्थीको पढाईको स्तर, आचरण बुझ्न जरूरी छ,शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण टेवा पुग्ने गौडको विश्वास छ ।

विद्यालयबाट सुरू भएकाे एघरदैलो अभियानले शैक्षिक सुधार हुने प्रत्येक विद्यालयले घरदैलाे गर्न जरूरी छ पाल्हीनन्दन -५ का वडाध्यक्ष दयाशंकर त्रिपाठीले बताउनु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here