हुनत होमसेपिएन्स प्रजातीवाट आजको मानव सभ्यताको विकास भएको छ ।

0
269

हुनत होमसेपिएन्स प्रजातीवाट आजको मानव सभ्यताको विकास भएको छ ।आजको विश्व मानवकै बौध्दिक विकासको उपज हो भन्दा अतियुक्ति नहोला।मानवको बौध्दिक औजारको प्रयोगले नै आजको विश्व सम्भव भएको हो ।नेपाल लाइ हेर्दा विश्व बजार संग प्रतिस्पर्धा गर्ने गरी आफ्नो बौध्दिकता प्रयोग भएको देखिदैन किनकि पृथ्वी नै मानवको घर हो तर पनि एउटा देशको नागरिकले अर्को देश जानको लागि पानमाको बाटो हुदै मृत्युवरण गर्ने कुरा सामान्य मान्दा हामिले लंगर बुर्जा र लुडो झैं जस्तै जुवा खेल्छौं अझ भन्नु पर्दा डिभी भर्छौ ।

हाम्रो वास्तविकता एउटा कुनामा बस्ने मान्छे अर्को कुनामा जान चाहदा संयुक्त राष्ट्र संघको स्थापनाको पहिलो उदेश्य मानवतालाइ न्युयोर्कले नै तुषारापात गरेकोमा दुइ मत छैन।हामि नेपाली को चिठ्ठाको देश पैसाको देश । बिषय र भाका लाइ वहकाउन चाहन्न हामि मानव चर्का कुरा गर्छौ तर अन्तिममा घरका जतावाट बोले पनि आफु रमाउने र थुप्रो पैसा कमाउने नै अन्तिम लक्ष्य हो ।जताबाट नाप्दा पनि हाम्रो नेपाली समाजका मानव अर्धचेतनशील नै हो ।ए मानव जाती म नेपालको बासिन्दाको हिसाबले नेपालीको नाताले ग्रह मध्ये को पृथ्वी एलिएनको खोजिमा मान्छे नै हुदा कस्तो दिमाग हाम्रो जातको र धर्मको बिषय उचाल्छौ ।

विश्वमा मानव सभ्यता भन्दा ठुलो कुन चाहिँ सभ्यता होला त्यो हो स्वार्थ, आत्म सम्मान, पुंजीवादको इतिहास यि सबै मान्छेको नै दिमागको सोचको उपज हो ।हामिले जब भाषा ,धर्म ,लिंग , जातजाति र लिंगको बिषयमा बिभाजनको मुद्दाहरू अगाडि ल्याउँछौ अझ भन्नु पर्दा सम्प्रभुता र भुगोलको कुरा गर्छौ त्यो मानवता बिरोधि कुरा हो ।सारमा सवै कुरा पुँजी र मानवता विपरीत दिशाको बाटाहरू हुन्।यो लडाइ विश्व जगतमा पुंजीवाद र समाजवादको लडाइँ हो जुन कुरामा म आफु पनि एउटा मानवको नाताले जोगिन सक्दिनँ। हाम्रो नेपालका नेता पनि जोगिने कुरा त कल्पनामानै छैन ।

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here