नवलपरासी : वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धिताेकाे नेपाल राष्ट्र बैंकले कर्जा दिने व्यवस्था ल्याएकाे छ
चालु आर्थिक वर्षकाे बजेटमा उल्लेख भएकाे उक्त विषय कार्यनयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था उपलब्ध गराएकाे छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा भनिएकाे छ ।बजेट व्यक्तव्यमा उल्लेखित कृषि उपजकाे धिताेमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने छ ।