जातिय विभेदका कारण दलित विद्यार्थी विद्यालय छोडन थाले

0
169

नवलपरासी : पश्चिम नवलपरासी पाल्हीनन्दन‐३ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका प्रधाध्यापक समेत माथि विभेद मुद्या दर्ता भएको थियो ।

०७० सालमा प्रधानध्यापक शशिभुुषण पाण्डेय सन्तोष तिवारी,सन्तराज यादव,र जय प्रकाश सिँह समेतलाई प्रतिवादी बनाएर नवलपरासी जिल्ला अदालतमा जातिय विभेद तथा छुवाछुत मुद्या चलेको थियो ।
रामग्राम नगरपालिका‐७ का स्थायी बासिन्दा शशिभुुषण पाण्डेलाई पाँच सय थप गरी एक हजार पाँच सय रुपैया ०७१ जेठ ७ गते जिल्ला अदालत नवलपरासीले जरिवाना गरेपनि अन्य प्रतिवादीहरु सन्तोष तिवारी, सन्तराज यादव, र जय प्रकाश सिँह समेतलाई आरोपित कसुरबाट फैसला सुनाएको छ ।

एक हजार पाँच सयको सटटामा ७ सय ५० रुपैया जरिवाना शशिभुुषण पाण्डेलाई ०७२ बैशाख ९ गते श्री पुनरावेदन अदालतल बुटवलले सुुनाएको फैसला ,०७९ मंसिर १ गते पुनरावेदनले सुुनाएको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
कक्षा-१० मा अध्यनका क्रम्मा विज्ञान विषयको न्युकिलियसको स्पेलिङ सोधेपछि अरु विद्यार्थिहरुले भनि सकेपछि बुद्धिलालले उतर दिए संगै प्रधानध्यापक शशिभुुषण पाण्डे चमार जातिलाई गाली पर्ने शब्द प्रयोग गरी जातिय विभेद गरेको कारण बुुद्धिलाल चमारले विद्यालय छोडेर जातिय विभेद तथा जातिय अधारमा गाली गरेको कुरा मनमा खेलाउदै केही महिना पछि बुुद्धिलालको मानसिक अवस्था गुमेको नरमदे चमारले बताउनुु भयो । उनका अनुसार बुुद्धिलाल आफनो कक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी पनि थियो ।

यस्तै ०७९ भदौमा सरावल गाउँपालिका‐२ स्थित जनता माध्यमिक विद्यालय कक्षा ११ मा अध्यन गर्ने क्रम्मा विद्यार्थीहरु विच समानय विवाद हुँदा टेकनारायन चमारलाई मात्र चक्रमणी चौधरीले कक्षा कोठामा थुनेर जातिय अधारमा गाली गर्दै कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गरेन उ कक्षा ११ मा उत्कृष्ट “नम्बर ल्याउने विद्यार्थी थियो ।
जातिय विभेदका कारण बुद्धिलाल चामार अहिले सनकी भएको छ भने टेकनारायन चमार विद्यालय छाडेर अहिले वैदेशिक रोजगारमा गएका छन । नेपालमा दलितको हकमा कानुुन देखावटी मात्र छ न्याय छैन पाल्हीनन्दन‐२ की सेवरी देवी चमारले बताउनुु भयो ।

कुनै समय गरीबीका कारण दलित विद्यार्थीहरु विद्यालयमा पढन जादैन थिँए , केही वर्ष यता दलित विद्यार्थीहरु शिक्षामा उत्कृष्ट आउन थालेपछि गैर दलित शिक्षकहरुले दलित विद्यार्थीहरुलाई परीक्षा समेतमा नम्बर घटाएर दिन थालेका छन बजारमा सुुनेको अधारमा अधिवक्ता मनोज कुमार नागवंशीले बताउनुु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here