रामग्राम नगरपालिका द्रारा मेयर छात्रवृति वितरण ।

0
158
Exif_JPEG_420

नवलपरासी : पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिकाले मेयर छात्रवृति वितरण गरेको छ । “रामग्राम ‐५ बुुद्ध चोक स्थित आदर्श नमुना माध्यमिक विद्यालयका चार सय ७७ विद्यार्थीलाई छात्रवृति वितरण गरेको हो ।

रू १० छात्रवृत्ति सानो भएपनि गरीब परिवारका स साना बालबालिकाको शैक्षिक समाग्री खरीद गर्नमा निकै सहयोग पर्याउछ रामग्राम नगर उपप्रमुख समझना चौधरीले बोलनु भएको थियो । छात्रवृत्ति रकमबाट विद्यार्थीलाई आवशयक पर्ने शैक्षिक समाग्रि खरिद गर्न अभिभावहरुमा जोड दिनुु भयो ।

छोरीलाई कम पढाउने छोरालाई पढी पढाउने विभेद नगर्नु उपस्थित अभिभावकहरुलाई सुझाव दिनु भयो ।” शिक्षक शिक्षिकाहरु समयमा विद्यालय नआउने विद्यार्थी भाई बहिनीहरुलाई राम्राे नपढाउनेलाई कारवाही गर्ने उपाध्यक्ष चौधरीको भनाई छ ।

आदर्श माध्यमिक विद्यालय नमुुना संगै विद्यार्थीहरु परीक्षा परिणाम पनि नमुना ल्याउने गरी शिक्षकहरुले पढाउनु पर्छ रामग्राम नगर अध्यक्ष धनपत यादवले प्रतिबद्धता जनाउनु भयो । गत वर्षकाे तुलनामा यस वर्ष आदर्श नमुुना माध्यमिक विद्यालयको परीक्षा परिणाम राम्रो छ । प्रत्येक वर्ष नगरपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने उनकाे भनाई छ ।

४ सय ७७ विद्यार्थीलाई २ लाख ८४ हजार वितरण गरेको प्रधानध्यापक दिपक भट्टराईले बताउनु भयाे । मेयर छात्रवृति वितरण कार्यक्रम्मा विद्यार्थीहरुको अभिभावक समेतलाई उपस्थित गराईएको थियो ।
नर्सरी देखि पाँच सम्मका विद्यार्थीलाई उपस्थितीको अधारमा दश रुपैयाका दरले मेयर छात्रवृति वितरण गरेको छ । त्यस्तै एक देखि आठ सम्मका छात्रा र दलित छात्रलाई रु चार सयका दरले दुुई सय ५५ जनालाई छात्रवृति वितरण गरेको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here