नवलपरासी :पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाका थारु कल्याणकारीणी कमिटी द्वारा आयोजित तेस्रो जितिया संस्कृति तथा सम्मान कार्यक्रम भएकाे छ।
थारु कल्याणकारीणी कमिटीकाे आयोजनामा जिल्लाकाे प्रतापपुर गाउँपालिका-१ बावनगढीमा एक कार्यक्रम गरी जितिया संस्कृती तथा सम्मान कार्यक्रम समपन्न गरेकाे हाे ।
कार्यक्रममा थारु समुदायले विभिन्न परिकार पकाए सांस्कृतिक कार्यक्रम तेस्रो जितिया पर्व मनाएका थिए।पर्व आफ्नो दाजु भाइ , श्रीमान्, सन्तानको सुख, शान्ति दीर्घायु, सुख समृद्धि, मनोआकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले जितिया पर्व थारु समुदायकाे परम्परा हाे ।
थारू समुदायको महान् पर्वका रूपमा लिने गरिएको जितिया पर्व महिला पानी समेत नखाइ कठोर व्रत बस्ने,सन्तानको दीघार्यु, सुख शान्ति, मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाउ छन।
पश्चिम नवलपरासी क्षेत्रमा धेरै संख्यामा थारु जातिकाे उपस्थित रहेकाे छ । दिपेन्द्र प्रसाद गुराैकाे अध्यक्षतामा प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चाैधरी, विशिष्टअतिथि गिता चाेैधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चाेैधरी ईन्द्र कुमारी थरुनी समेत उपस्थिती थियाे ।