समाचार सम्प्रेषणकाे लागि (माओवादी केन्द्रले विपद व्यवस्थापन आपतकालीन कार्य सञ्चालन डेस्क तयार गरेकाे छ

0
124

काठमाडौं : माओबादी केन्द्रले २०८१ असोज १७ गते विपद बुलेटिन तयार पारेकाे छ : गत शुक्रबार र शनिबारको वर्षाका कारण देश भर २ सय ४२ जनाको मृत्यु भएको छ ।

बाढी, पहिराेमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् । हाल सम्म विपद्बाबाट कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा १ सय १ वाग्मतीमा १ सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको छ ।त्यस्तै प्राकृतिक विपद्मा परेर २५ जना बेपत्ता छन ।

त्यस्तै ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गएको माओबादी केन्द्रका आपतकालीन कार्य संञ्चालन डेस्कले जनाएकाे छ । त्यस्तै ७ सय ७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ ।

आज कोशी, बागमती प्रदेशमा वर्षा भएको छ । बिहानैको वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर विमानस्थल जलमग्न हुँदा उडान प्रभावित भएको थियो । बागमती प्रदेशको काठमाडौं ललितपुर, भक्तपुर र काभ्रे जिल्लामा वर्षाले जनजीवन प्रभावित बनाएको छ ।

काठमाडौ (उद्धार, राहत र पुनस्थापना) – काठमाडौं उपत्यकाको काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका- १४ बल्खुका सुकुम्बासी बस्ती, ११ मा बंशीघाट सुकुम्बासी बस्ती र थापा थली सुकुम्बासी बस्तीमा उद्धारको काम सकिएर राहत तथा सरसफाइ भइरहेको छ । बल्खु जागरण सुकुम्बासी वस्तीमा डोजर र ट्रिपर लगाए बुधबार  हिलो सफा गरेकाे  छ ।

पीडित बस्तीमा वाइसीएल र पार्टीको काठमाडौं जिल्ला समिति तथा १४ नं समिति र स्थानीय जागरण टोल समितिको पहलमा नियमित खाना व्यवस्थापन गर्नुका साथै लत्ता कपडा र रासन उपलब्ध गराउने काम भएको छ ।

खाना र लत्ता कपडा व्यवस्थापनको नेतृत्व वाइसीएल केन्द्रीय अध्यक्ष सुवोध सेर्पालीले गरेका छन् ।सो वस्तीमा किसान महासंघ र मजदुर संगठनकाे पहलमा ५ वटा खाने पानी ट्यांकी ल्याएर खाने पानी ट्यांकर मार्फत खाने पानी उपलब्ध गराइएको छ । बंशीघाट सुकुम्बासी वस्तीमा १ सय ९१ घर धुरीमा पार्टीको काठमाडौं जिल्ला कमिटी र वैकल्पिक केन्द्रीय सदस्य नहेन्द्र खड्काको पहलमा एक ट्यांकर खाने पानी उपलब्ध गराइएको छ ।

सरसफाइको लागि ट्रीपर उपलब्ध गराउने सहमति भएको छ । थप डोजरको व्यवस्था गरेर उद्धार र राहतको काम भइरहेको छ । ललितपुर (उद्धार, राहत र पुनस्थापना)- ललितपुरको नख्खु क्षेत्रमा बाढीबाट पीडित वस्तीमा उद्धार र राहतको काममा पार्टीका केन्द्रीय महासचिव समेतको विशेष पहलमा निरन्तर काम भइरहेको छ । साे कार्यमा वाइसीएलको विशेष टोली खटेका छ । भक्तपुर (उद्धार, राहत र पुनस्थापना)
भक्तपुरका मनोहरा र हनुमन्ते करिडोरका सुकुम्बासी र अन्य बस्तीमा भएको डुबान र बाढीबाट पीडितलाई उद्धार र त्यसपछिको राहत उपलब्ध गराउन भक्तपुरको जिल्ला कमिटी लागिरहेको छ ।

काभ्रेपलाञ्चोक (उद्धार, राहत र पुनस्थापना)
बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको     छ ।

काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हाल सम्म ७० जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता र ७५ जना घाइते छन् । त्यस्तै बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको छ ।

यो सडक खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको (वास आउट भएको) छ । जिल्लाको पनौती, धुलिखेल र बनेपामा बाढीबाट भएको क्षतिको स्थलगत रूपमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार निरीक्षण, पीडितसँग अन्तरक्रिया र घाइतेलाई धुलिखेल अस्पतालमा पुगेर भेट गर्नुभएको छ ।

सरकारले उचित ध्यान दिन नसके पनि पार्टीको तर्फबाट गर्न सक्ने सबै तयारी र गतिविधिलाई कुनै कसर बाँकी नराखी गर्न जिल्ला पार्टी र प्रदेश पार्टीका नेताहरू, स्थानीय प्रशासन र सरकारलाई निर्देशन दिनु भएको छ । अध्यक्ष प्रचण्डले बाढी र पहिरोले ध्वस्त भएको अरनिको राजमार्ग र विपि राजमार्गको तत्काल छिटो भन्दा छिटो पुनर्निर्माण गरि यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँले विपदको बेलामा सरकारलाई साथ दिन माओवादी पार्टी तयार रहेको बताउनुभएको छ ।
रोशी क्षेत्रमा सडक सञ्चालन नभएकोले जान असम्भव भएको र त्यस क्षेत्रमा भएको जनधनको क्षति प्रति दुख व्यक्त गर्दै प्रचण्डले उचित राहत र बसोवासको व्यवस्था साथै अत्यावश्यक सामग्री र स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई गम्भीरता पूर्वक ध्यानाकर्षण गराउने बताउनु भएको छ ।

खानीखोला गाउँपालिकामा भएको धनजनको क्षतिको विवरण र गर्नुपर्ने कुराहरूको बारेमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले प्रतिवेदन बनाउँदै हुनुहुन्छ ।
तेमाल गाउँपालिकामा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । पछिल्लोपटक २ जना वेपत्ताको शव फेला परेको छ ।

सिन्धुली जिल्लामा खुर्कोट, मुल्कोट लगायतका स्थानहरूमा बाढी र डुबानले धेरै क्षति पुर्याएको छ ।
खुर्कोटमा रहेको रामेछाप जोड्ने कोशी नदी माथिका पुल बगाएपछि रामेछाप सँगको सडक सञ्जाल टुटेको छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here