सरावल र पाल्हीनन्दन साढे आठ सय विघहा धान बाली क्षति

0
162
Exif_JPEG_420

नवलपरासी‐असोज ११ र १२ गते आएको बाढीले नवलपरासीमा साढे आठ सय विगहामा धान बाली क्षति भएको छ ।

जिल्लाको सरावल गाउँपालिका र पाल्हीनन्दनमा धान बालीमा क्षति भएको नवलपरासी कृषि ज्ञान केन्दका्र प्रमुख डा.रविन्द्र नाथ चौबेले जानकारी दिए।उनका अनुसार बाढीले धान बाली क्षति गरेको हो।बाढीका कारण पाल्हीनन्दन‐१ शंकरपुर र सरावल‐ ५,६,र ७ मा धान बाली क्षति भएको छ।

सरावल गाउँपालिकाका कृषि शाखाले पठाएको तथ्याङक अनुसार उनका अनुसार छ सय विघहामा आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले बताए।

सरावल र पाल्हीनन्दनमा साढे आठ सय बढी विघहामा धान बाली क्षति भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले बताउनुु भयो।बाढी नियन्त्रण गर्नका लागि धनेवा र झरही खोला ढुुङ्गा र तारले तटबन्ध गर्न जरुरी छ उनले भने।त्यस्तै जिल्लाको पाल्हीनन्दन‐१ शंकरपुरमा ढाई सय विगहा धान बाली क्षति भएको पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाई प्रसाद यादवले बताए।

स्थानीय सलाउदिन अलि अन्सारीको एक विघहामा धान बालीमा क्षति भएको बताए।बाढीले करीब डेढ लाख बराबरको धान बाली क्षति भएको उनले बताए।सरावलको भुजहवा, खडवना,मधवलीया,बुडनतवापुर र पाल्हीनन्दनको शंकरपुरमा अहिले सम्मकै राम्रो धान उत्पादन हुने यो वर्ष अनुुमान गरिएको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here