नवलपरासीमा पटाखा तस्करी बढयाे

0
217

परासी -पश्चिम नवलपरासीमा तिहार लक्षित पटाखाको तस्करी बढेको छ ।

हिन्दु समुदायको दिपावली एवं लक्ष्मीपुजालाई लक्षित गरी तस्करहरु पटाखा तस्करीमा लागेछन।जिल्लाका गोपालपुर, भुजहवाँ, बसहियाँ, बुडन्तवापुर नाकाबाट पटाखाको अवैध चोरी पैठारी गरिरहेको स्थानियहरु बताउछन् ।

तिहारमा पटाखा पडकाउने चलन चल्ती रहेकाेले काठमाण्डौ,नारायणघाट, पोखरा, बुटवल, लगायतका बजारहरुमा पटाखाको माग हुने गर्दछ। सो मागलाई पुर्ती गर्न जिल्लाका तस्करहरु भारतबाट अवैध रुपमा पटाखा नेपाल भित्राउने गरेका छन्।

तिहारमा पटाखाको ठुलो कारोबार हुने हुँदा तस्करहरु सुरक्षार्कीको मिलेमतोमा विभिन्न ब्राण्डका पटाखा नेपाल भित्राई बेच बिखन गर्ने गरेको पाईन्छ।पटाखाबाट  घरहरुमा आगो लाग्ने जोखिम र नेपालमा विक्री वितरण अवैध रहेकाले बजारबाट स्थानीय तस्करहरु पटाखा खरिद गरेर नेपालका मुख्य र साना बजारहरुमा पुर्याउने काम गर्दै आएका छन।

अहिले पटाखा विक्री सिजन रहेकाेले जिल्लामा पटाखाको व्यापक तस्करी भएकाे छ।पटाखा नियन्त्रण गर्न सुरक्षार्कीको मौन रहेकाेले सुरक्षाकर्मी कै मिलेमतोमा भएकाे स्थानियहरू अनुमान गरिरहेका छन। एक महिना पहिला जिल्लाको शसस्त्र प्रहरीले पाल्हीनन्दन-२ भक्सीपुरबाट ३ लाख ५० हजारको पटाखा बरामद गरेको थियो।

त्यस्तै पाल्हीनन्दन-१ बुडन्तवापुरबाट १ लाख ६० हजारको पटाखा बरामद गरि नष्ट गरेको थियो। गत बर्ष सवारीमा राखेर पटाखाको तस्करी व्यापक चलेको थियो। पटाखा नष्ट गरी आवश्यक कार्वाहीका लागि सवारी महेसपुर भन्सार कार्यालय बुझाएको थियो।

प्रहरीले पक्राउ गरेकाे र स्थानीयले भने अनुसार नवलपरासीमा ठुलो मात्रामा पटाखाका कारोबार भैरहेको प्रमाणि गर्दछ।तिहार नजिकिए संगै जिल्लाकाे मुल नाका महेसपुर बजारमै खल्याम टाखाहरु विक्री भैरहेको पाईन्छ ।

पसलमा सामान्य पटाखाहरु राखिए पनि चर्काे स्वर  दिने पटाखाहरु घर भित्र लुकाई राखेको हुन्छन् ग्राहकको माग अनुसार विक्री गरिने गरेको एक स्थानियले बताए। पटाखामा नागिन छाप, रकेट बम, सुतली बम, चक्री, फुलझरी, लगायतका पडकिने विभिन्न नामक पटाखाहरु राखेका हुन्छन।पाल्हीनन्दनका केही चर्चित व्यपारीहरु पटाखा तसकरीमा लागेका छन श्रोतले जनाएकाे छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here