प्रहरी भन्सार व्यपारी साथी कसरी हुन्छ भन्सारको राजश्व माथी।

0
188
Exif_JPEG_420

परासी-प्रहरी भन्सार व्यपारी साथी कसरी हुन्छ भन्सारको राजश्व माथि। प्रहरी र भन्सारले बरामद गरेका अबैध मालसमान भन्सारका कर्मचारीहरुको मिलेमतोमा केही स्थानिय ब्यपारीहरुले मात्र लिलमा सकार गर्दै आएका छन। कर्मचारीको मिलेमतोमा मुल्याँकन घटाएर लिलाम सकार गराउने र कमिसन खाने रहस्य खुलेको छ।

कर्मचारीहरुले भन्सारलाई कमाई खाने भाँडो बनाएका छन पुर्व गृह राज्यमन्त्री एवं नेपाली काँग्रेसका नेता देवेन्द्र राज कण्डेलले बताउनु भयो ।भन्सार कार्यालयको वेभसाईटमा सुचनाहरुअपलोड नगरी दिनको तिन पटक सुचना पाटीमा सुचना टासने मुल्याँकन घटाउने गरिएको छ। जिल्ला बाहिरका व्यपारीलाई लिलाम सकार गर्न नदिनका लागि स्थानीय व्यापरीहरुले भन्सार कार्यालयमा दबदबा बनाएका छन।

कर्मचारीको मिलेमतोमा केही फर्मले न्युन रकम भरेर लिलाम सकार गर्दै आएछ । लिलाममा बचेका रकम पछि कर्मचारीलाई फिर्ता आउँछ। पहिलो पटक २० प्रतिसत दोस्रो पटकमा १० प्रतिसत मुल्याँकन घटाउँछन ।भन्सार प्रमुख बुद्धि कुमार चुडालको मिलेमतोमा मालसमान लिलाम हुदै आएको श्रोतले जनाएको छ।

भन्सारबाट लिलाम सकार गरेको कागज पत्र देखाएर तस्करी गरी रहन्छन्। प्रहरीले बरामद गरेपनि झगडा गरेर भन्सारबाट लिलाम सकार गरेको मालसमान हो दाबी गर्छन। प्रहरीले बजार मुल्याँकनको आधारमा मुल्य कायम गरेर भन्सार पठाएका मालसमान भन्सारका कर्मचारीले कमिसनको लागि मुल्य घटाएर लिलाम गरेपछि प्रहरीले सरकार संग पाउने पुरस्कार घटेर आउँछ राजश्व छली नियन्त्रण गर्न हिचकिचाई रहेका छन ।

प्रहरीले मुल्याँकन गरेर पाठएको समानको मुल्य सधै घटाएर लिलाम गर्दै आएका शसस्त्र विओपीका  एक अधिकृतले नाम गोप्य राख्ने गरी बताए।उनले भने प्रहरीले सिमित साधन स्रोतको भरमा तस्करबाट मालसमान बरामद गरेको समानको मुल्य घटाएर व्यपारीलाई फाइदा गराउनु निरास पनि बनाउँछ ।

हचुवाको भरमा प्रहरीले मुल्ययाङकन गरेर हुन्छ महेपुर भन्सारका प्रमुख बुद्धिकुमार चुडालले बताए।प्रहरीको प्रतिवेदन अनुसार व्यपारीले लिलाम सकार नगरेपछि मुल्य घटाएर लिलमा गर्नु पर्ने हुन्छ उनले भने ।

 

 

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here