इजरायलबाट स्वदेश फर्किएपछि भाडामा जग्गा लिएर कृषि खेती गर्दै जयसवाल

0
147
{"data":{"pictureId":"3ec2996955cb4d088808ef6ad0d817b3","appversion":"4.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","exportType":"image_export","editType":"image_edit","alias":""},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":"","capability_name":"retouch_edit_tool"}"}

नवलपरासी-इजरायलबाट स्वदेश फर्किएपछि भाडामा जग्गा लिएर रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले व्यवसायिक रूपमा कृषि खेतीमा लागेका छन।पाँच वर्ष इजरायल बसेर स्वदेश फर्केपछि दुई वर्ष देखि व्यावसायिक कृषि पेसा गर्दै आएका हुन् ।

जीविको पार्जन र आम्दानीका लागि वैदेशिक राेजगारमा जानु भन्दा स्वदेशमै कृषि गरेर मनग्य आम्दानी गर्न सकिने उनले बताए ।वार्षिक ३५ हजार रुपैयाँका दरले २९ विघा जग्गा भाडामा लिएर खेती सुरु गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिका भित्रका जग्गाधनी सँग सम्झौता गरेर ३५ बिघा जग्गामा धान खेती गरिरहेको उनले जानकारी दिए ।

यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै साे जग्गा मध्ये बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएको उनको भनाइ छ ।कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा ५१ हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरेको जयसवालले जानकारी दिए ।

पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले उल्लेख गरे ।बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान,गायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आइएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।

पछिल्लो समयकाे तुलनामा व्यावसायिक कृषिमा यहाँका किसानहरूको आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केही वर्ष अघिसम्म जीविको पार्जनका लागि मात्र खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनको भनाइ छ।

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here