प्रतापपुरमा पशु स्वास्थ्य शिविर :२१७ पशु पालक लाभाविन्त

0
71

परासी-जिल्लाको प्रतापपुर गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर गाउँपालिका-३ठुलो खैरटवाँमा पशु स्वास्थ्य शिविर संचालन गरिएको हो।

शिविरका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतामा शिविर सुभारम्भ गरिएको हो ।

पशु स्वास्थ्य शिविरमा आएका पशुहरुको स्वास्थय चेक जाँच तथा उपचार पशुपन्छी तथा मत्स्य निर्देशनालय बुटवलका बरिष्ठ पशु चिकित्सक डाक्टर नबिन बस्याल, पशु अन्वेशण प्रयोगशाला नवलपरासीका प्रमुख डाक्टर भरत काफले, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रकि चिकित्सक डाक्टर विभुती सिंह लगायत गरेका थिए।

शिविरमा पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा दुई सय १७ घरधुरी लाभाविन्त भएको विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिनु भयो।

उहाँका अनुसार शिविरमा आएका पशुहरुको निशुल्क औषधी उपचार प्रदान गरेकाे उनकाे भनाई छ। पशुपालक किसानहरुले आफनो पशुमा देखिएको समस्या र लक्ष्णको आधारमा पशु चिकिस्तकहरुले पशुको उपचारका लागि ति किसानहरुलाई औषधी वितरण गरि पशुलाई औषधी खुवाउने तरिका र हेरचाह गर्ने सुझाव समेत दिएका छन।

गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उपचार कहाँ कसरी गर्ने र पशु स्वास्थ्य बारे सचेतना समेत गराउने उद्देश्यले यो पशु स्वास्थ्य शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्राले जानकारी दिनु भयो ।

मिश्राका अनुसार गाउँ घरमा दुईचार वटा पशु पाल्ने किसानहरुलाई रोगहरुको बारेमा खासै थाहा नहुने र पशुको स्यहार सुसारमा कम नियमित ध्यान दिने र समय समयमा नियमित औषधीहरु पशुहरूलाई सेवन गराउने  ।

शिविरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले गाई, भैंसी,बाख्रा, भेँडा, कुखुरा लगायतका पंक्षीहरु पाल्ने किसानहरुले भरपुर लाभ लिन पशुपालक किसानहरुमा आग्रह गर्नु भयो।

उहाँले पशुपालक किसानहरुको दैलोमा यस्तो शिविरको आवश्यक रहेको जिकिर गर्दै गाउँपालिकाले आगामी दिनहरुमा यस्तो शिविरहरुको अयोजना गरि सेवा प्रदान गर्ने अध्यक्ष यादवले प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष एवं विज्ञकेन्द्र प्रमुख चौधरीले शिविर बढी पशुपालन भएको क्षेत्रमा गर्दै आइएको र किसानहरुलाई कमन रोगको बारेमा सचेतना दिदै पशुहरुमा देखिएको समस्या सामाधानका लागि उपचार सेवा समेत प्रदान गरिदै आइएको जानकारी दिनु भयो ।

यस अघि यस्तो शिविर सरावाल गाउँपालिमा संचालन गरिएको थियो । किसानको मागको अनुसार शिविर संचालन गरिने जानकारी दिनु भयो ।शिविरमा प्रतापपुर गाउँपालिकाको पशु शाखा र कर्मछचारीहरूकाे पनि सहकार्य रहेको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here