स्नातक तह उतिर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै :लुम्बिनी प्रदेश शिक्षा तथा समाजिक विकास मन्त्री तिमिल्सिना

0
71
Exif_JPEG_420

नवलपरासी-लुम्बिनी प्रदेश शिक्षा तथा समाजिक विकास मन्त्री स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै।

जिल्लाको प्रतापपुर-९ स्थित नेपाल भारत मैत्री भवन बेलाटारी कयाम्पसका ३७ विद्यार्थीहरूलाई एक कार्यक्रम बिच मायाकाे चिनाे सहित लुम्बिनी प्रदेशका शिक्षा तथा समाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले सम्मान गरेका छन ।

लुम्बिनी प्रदेसकाे शिक्षा प्रणालीलाई अगाडी बढाउन संघ, प्रदेश,र स्थानीय तह एक हुन जरुरीछ समाजिक विकास तथा शिक्षा मन्त्री जनमजय तिमिल्सिनाले बताए ।

विद्यार्थीहरू डाक्टर पढन खाेज्दा ईन्जिनियर पढाउदा कतिपय विद्यार्थीहरू पढाईमा असफल भएका छन। त्यसकारण छाेरा,छाेरीलाई पढाउनु संगै उनीहरूकाे रुचि र क्षमता पनि पहिचान गर्न जरुरीछ।

मधेशमा विवाहित छात्र छात्राहरु पनि स्नातक तह अध्यन गरेकाे देखेर समाज परिवर्तन भएकाे र भईरहेकाे बिझिन्छ  समाजिक विकास मन्त्री तिमिल्सिनाले भने ।

उच्च शिक्षा उतिर्ण गरेका विद्यार्थीहरूलाई हार्दिक बधाई दिदै लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रत्येक विद्यार्थीले उच्च शिक्षा अध्यन गर्नु पर्छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here