पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैया घटयो

0
57

२९ मंसिर, नवलपरासी । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैया घटाएको छ ।

आयल निगमले शुक्रबार मध्यराति देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

निगमले भने अनुसार मंसिर २९ गतेका दिन ईण्डियन आयल कर्पोरेसनले नयाँ मूल्य पठाएको पछि पेट्रोलमा ३ रुपैयाँ ७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । नेपाल आयल निगमले ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।

No description available.

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १सय ६७ रुपैयाँ लिटर पेट्रोल तथा १सय ५७ रुपैयाँ लिटर डिजेल र मट्टितेल पर्नेछ ।

चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो कार्यालय देखि १५ किलोमिटर सम्मका लागि खुद्रा मुल्य पेट्रोल १ सय ६४ रुपैयाँ ५० पैसा लिटर पर्नेछ ।

डिजेल तथा मट्टितेल प्रतिलिटरको १ सय ५४ रुपैयाँ ५० पैसा लाग्नेछ । यस्तै निगमको डिपो कार्यालय देखि १५ किलोमिटर सम्मका लागि देहाय बमोजिम नयाँ खुद्रा बिक्री मुल्य कायम भएको छ आयल निगमले प्रेस विज्ञ्पती जारी गरेको छ ।

 

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here