अर्घाखाँची पर्यटन प्रवर्द्वन कार्यक्रम शुरु हुदै

0
72

अर्घाखाँची |अर्घाखाँची समग्र पर्यटन विकासका लागि नेपाल पत्रकार महासंघको आयोजनामा र जिल्ला समन्वय समितिको पर्यटन प्रर्वधनका लागि ५ महिने अभियान संचालन गरिएको छ ।

अभियानको उदघाटनका लागि यही माघ १ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड जाने कार्यक्रम तय भएको छ । अर्घाखाँची पर्यटन प्रवद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री माननीय सुशिला सिर्पाली ठकुरी गत ५ दिन देखी अर्घाखाँचीका विभिन्न स्थानमा पर्यटन पर्वद्धनका लागि अभियानमा आफै खटनु भएको नेपाल पत्रकार महासंघ अर्घाखाची शाखाका अध्यक्ष अशोक खनालले बताउनु भएको छ ।
अर्घाखाँची जिल्लामा सुपादेउराली मन्दिर, अर्घादरबार, अर्घाभगवतीको मन्दिर, ठाडाको डमरु दह, नरपानीको पर्यटकिय मनोरम दृष्य, छत्रदेवको छत्रेश्वर मन्दिर लगाएतका स्थानहरु पर्यटकिय स्थलको रुपमा परिचित छन । अर्घाखाँचीमा ऐतिहासिक एवं धार्मिक पर्यटकिय स्थल सहित अहिले कृषि पर्यटनका क्षेत्रहरु पनि अगाडी आएका छन । जसमा ब्यावसायिक पशुपालन, माछा पालन सहित कफि जोनको समेत विकास गरीने योजना रहेको माननीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बताउनु भएको छ ।

गाेपी ज्ञवाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here