अर्घाखाँचीमा पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रम

0
73

अर्घाखाँची  : अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा रहेका ऐतिहासिह, पुरातात्वीक, धार्मिक एव प्रकृतिक रुपमा पर्यटकिय स्थलहरुको प्रवर्धनका लागि अर्घाखाँचीको जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ, जिल्लामा स्थित राजनैतिक दलका प्रतिनिधीहरु एवं स्थानिय सरकारहरु विचको सहमतिमा अर्घाखाँची जिल्लाका विभिन्न स्थानहरुको पर्यटन प्रवर्धनका लागि अभियान संचालन गरिएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजनामा भई रहेको पर्यटन पर्वधन कार्यक्रममा अर्घाखाँची निवासी संघिय सरकार संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री माननीय सुशिला सिर्पाली ठकुरीको विशेष सक्रियतामा यो पर्यटन पर्वधन अभियान संचालन गरिएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका शाखाका अध्यक्ष अशोक खनालले बताउनु भएको छ । यो अभियान अन्तर्गत पछिल्लो एक हप्ता देखी जिल्लाको सदरमुकाम संधिखर्क सहित जिल्लाका विभिन्न स्थानहरुमा प्रभातफेरी, दिप प्रज्वलन, पर्यटन जागरणका लागि मोटरसाईकल ल्याली, गाउँ शहर बजारहरुमा सरसफाई, ब्यापारी व्यावसायीहरुसंग अन्तक्रिया,छलफल लगाएतका कार्याक्रमहरु भएको माओवादी केन्द्र अर्घाखाँची जिल्लाका संयोजक राजेन्द्र भुसालले बताउनु भएको छ ।
जिल्लाको पर्यटन प्रबर्धनमा पर्यटन माननीय राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, जिल्ला समन्यव समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, उद्योगी, व्यवसायी विभिन्न संघसंस्था लगायत सामाजिक अगुवाको सक्रिय सहभागीता रहेको।

अभियानलाई अझै प्रभावकारी बनाउनका लागि माघ १ गते सम्माननीय प्रधानमन्त्रि पुष्पकमल दहार प्रचण्डले पर्यटन प्रवर्धन अभियानको अर्घाखाँचीबाट औपचारिक उदघाटन गर्दै एक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्रीका स्वकीय सचिव विष्नु प्रसाद गैरै विवेकले बताउनु भएको छ ।
अर्घाखाँचीमा सुपादेउराली मन्दिर, अर्घादरबार, अर्घाभगवतीको मन्दिर, ठाडाको डमरु दह, नरपानीको पर्यटकिय मनोरम दृष्य, छत्रदेवको छत्रेश्वर मन्दिर लगाएतका स्थानहरु पर्यटकिय स्थलको रुपमा परिचित छन ।
उद्घाटन कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको अवसरमा सोमवार विहान एक सार्वजनिक कार्यक्रमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटनको सम्भावनालाई अवसरमा बदल्न पर्यटन कार्यक्रम गर्न लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, पर्यटनको विकासविना आर्थिक समृद्धि अधुरो हुने चर्चा गर्दै राज्यमन्त्री ठकुरीले भन्नुभयो, “अर्घाखाँची पर्यटनको प्रचुर सम्भावनालाई गुरुयोजना बनाएर समृद्ध जिल्ला बनाउने गरी पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागिएको हो ।

कृषि, पर्यटन, शिक्षा र विकासका सबै क्षेत्रमा उदाहरणीय काम गर्नु छ, यसमा सबै राजनीतिक दलहरू लागेका छन् ।

गाेपी ज्ञवाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here