नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उद्देश्यले पाल्हीनन्दन गाउँपालिका वडा न.६ स्थित सनईमा रहेकाे नन्दन ताललाई समर्क्षण तथा पर्यटन प्रबर्द्धनका लागि स्थानीयहरूकाे साथ सहयाेगकाे आवश्यकता परेकाेले पाल्हीनन्दन गाउँपालिकाले स्थानियहरू संग सल्लाह गरेर अगाडी बढने पाल्हीनन्दन गाउँपालिका ६ न.का वडा अध्यक्ष क्रिसनचन्द्र यादवले बताउनु भयाे ।
नन्दन ताल ऐतिहासिक हाे त्यसकाे सत्य तथ्य प्रमाण सहित नन्दन तालकाे काम अगाडी बढाउन पाल्हीनन्दनका स्थानिय दिनानाथ यादवले सुझाव दिनु भयाे ।
नन्दनतालकाे समर्क्षण प्रबर्द्धन तथा बिकासका काम सुरू भएपछि ऐतिहासिक प्रमाण भेटिन्छ नन्दन ताल पर्यटन प्रबर्द्धन तथा विकासका लागि सहयाेग गर्न तयार छाैं जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव(रूदल)बाेल्दै नन्दनतालका काम तपाईहरू अगाडी बढाउन जाेड दिनु भयाे ।
ऐतिहासिक नन्दन ताल पर्यटन प्रबर्द्धनका लागि सरकारले बाटाे बनाउदा स्थानियहरूले अवराेध गरेका थिए ।नन्दन ताला पर्यटन प्रबर्द्धन तथा पुर्वाधार विकासका गर्ने क्रम्मा पुन विवाद नहाेस उदेश्यले नन्दन ताल भित्र जाेतभाेग गर्ने जग्गा धनि तथा स्थानिहरू सँग सुझाव सल्लाह गरेर नन्दन ताल समर्क्षण कार्य अगाडी बढाउने बडा अध्यक्ष यादवले बताउनु भयाे ।
नन्दनताल नजिकै रहेको उक्त स्थान पनि बौद्धकालिन नै हुने आधार देखिन्छ ।पडरी गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार, सैनिक, अन्य नागरिकहरू रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो ।जसलाई स्थानीय भाषामा पडाव पनि भन्ने गरिन्छ। सोही पडाव राख्ने स्थान नै पडरी गाउँ रहेको समेत अनुमान गर्न थालिएको बाैद्ध अध्यता पत्रकार बेचु गाैंडले बताका थिए ।
पाल्हीनन्दन ६ न. वडा कार्यालयकाे आयाेजनामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगाैती यादव विशिष्ट अतिथि डिभिजन वन कार्यालय प्रमुख महेन्द्र राज बाग्ले, पुरातत्त्व सम्बन्धि जानकार नारद यादव,पाल्हीनन्दन अध्यक्ष बैजु प्रसाद गुप्ता,जिल्ला समन्वय उप प्रमुख रामदयाल गुप्ता,पत्रकार बेचु गाैँड, लगायत उपस्थित रहेकाे थियाे ।कार्यक्रम संचालन पाल्हीनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेले गर्नु भएकाे थियाे ।