भाैतिक पुर्वाधार,कृषि, स्वास्थ्य,शिक्षा,खाने पानीमा पाल्हीनन्दन गाउँपालिका पछाडी छ पाल्हीनन्दन-६ का स्थानिय राजेन्द्र सहानीले अन्तरक्रिया कार्यक्रममा बताउनु भएकाे थियाे।
पाल्हीनन्दनमा मात्र नभई देशमै प्राविधिक शिक्षाकाे आवश्यकता रहेकाे ने.वि.सं का अध्यक्ष ब्रिजनन्दन कुर्मीले अन्तरक्रिया बताउनु भयाे ।,देशलाई विकास तर्फ लैजाने हाे भने प्रत्येक जिल्ला र पालिकामा सरकारले प्राविधिक विद्यालय स्थापना गर्नु पर्छ ।”उहाँले भन्नु भयाे ग्रामिण क्षेत्रमा विभिन्न खेलका खेलाडीहरू छन तर सरकारले प्रयाेग गर्न सकेकाे छैन ।
विकास गर्नका लागि नवलपरासीका- ७ वटै स्थानिय तहले,संघिय,र प्रदेश सरकार संग सहकार गर्नु पर्छ प्रदेश सभा सदस्य बैजनाथ जैसवालले सुझाव दिनु भयाे ।
महेशपुर परासी सडक स्तर उन्नतिका लागि किताबमा बजेट पारित भएकाे प्रतिनिधि सभा सदस्य ध्रुव बहादुर प्रधानले कार्यक्रम मार्फत जानकारी दिनु भयाे ।
नवलपरासीको पाल्हीनन्दनमा विकासमुखि याेजना अन्तर्किया कार्यक्रममा लाेकतान्त्रिक,नेपाली कांग्रेस,राप्रा,नेकपा माओबादी,नेकपा एमाले पार्टीका प्रतिनिधिहरूकाे उपस्थिती रहेकाे थियाे ।