हिन्दु र मुसलमान समुदायको साझा तिर्थस्थलको रुपमा रहेको पश्चिम नवलपरासीको मदारबाबा मेला उदघाटनका लागि नवलपरासी पुग्नु भएकी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले वर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक कन्चनपुरगढी र सुनवलमा रहेको ऐतिहासिक देवदह तालको अवलोकन गुर्न भएको छ ।
बर्दघाट -१४ खुजुरा खाेलाको माथिल्लो भागमा रहेको ऐतिहासिक कन्चन पुरगढीलाई पर्यटन मन्त्रालयले देशका घुमनु पर्ने एक सय गन्तब्य मध्ये एक गन्तब्यको रुपमा सूचिकृत गरेको भए पनि यो ऐतिहासिक गुठीलाइ आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको छ ।
कन्चनपुर गढीमा पाल्पाली सेन राजाको बेलामा बनेका अनेक प्रकारका प्राचिन संरचना एवं प्रमाणहरु फेला परेको भए पनि आवश्यक अध्ययन अनुसन्धानको अभावमा यो स्थान पछि परेको छ, यो स्थानको पुरातात्वीक अध्ययनको आवश्यकता रहेको वर्दघाट नगरपालिकाका उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कन्चनपुरढीको स्थलगत अवलोकन गरे पछि यो ऐतिहाकि स्थल रहेकोले यस क्षेत्रमा प्राप्त प्रमाणहरुको सरक्षण गरी पुरातात्विक विषयका विज्ञहरुबाट अध्ययन अनुसन्धान गर्न आफुले पहल गर्ने बताउनु भएको छ ।
भौगोलिक रुपमा पनि राम्रो स्थान गरेको र ऐतिहासिक, पुरातात्वीक महत्वको हिसाबले पनि यो स्थान महत्वपुर्ण रहेको भन्दै यस क्षेत्रको विकास र संरक्षणका लागि केन्द्र सरकारको तर्फ देखी आफुले हर सम्भव प्रयास गर्ने बताउनु भएको छ ।
यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको ऐतिहासिक देवदह तालको समेत अनवलोकन गर्नु भएको छ ।
राज्यमन्त्री सिर्पालीको अनुगमनको अवसरमा देवदह तालको एतिहासिक महत्वबारे र यहाँको विषेशताको बारेमा सुनवल नगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष नारायण आचार्यले विस्तारमा बताउनु भएको थियो ।ऐतिहासिक तालको अनुगमन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले नवलपरासी बुद्धको एतिहासिकताल संग गहिरो सम्बन्ध रहेको जिल्लाको रुपमा रहेको हुनाले पर्यटन मन्त्रालयले केही समय पछि जिल्लाको सबै ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको पुरातत्व विभागका विशेषज्ञ सहितको टोली आएर आवश्यक प्रारम्भिक अध्ययन गर्ने बताउनु भएको छ ।
बुद्धको मावली प्राचिन कोलिय राज्यको राजधानीको अध्ययनका क्रममा नवलपरासीको पण्डीतपुरमा प्राचिन प्रमाणहरु भेटिए पछि देवदह ताल पनि पश्च्मि नवलपरासीमा नै हुनु पर्ने अवश्था आए पछि सुनवल ७ को उक्त ताल नै प्राचिन देवदह ताल हुन सक्ने अनुमान गरिएको बेलामा राज्यमन्त्रीको अनुगमनले यसलाई अझै उजागर गर्ने आशा गरिएको छ ।