खुल्याम नदिज न्यादार्थ चोरी निकासी गर्नु भनेकाे सम्बन्धित निकायहरूकाे पनि नदिजन्य पदार्थ चाेरी निकासीमा गर्ने खाेला माफियाहरू संग प्रतिशत लिने दिने साठ गाठ रहेकाे बुझिन्छ ।
जिल्लाको सुनवल नगरपालिकामा रहेको तुरिया खोलामा १५ दिन देखि नदीजन्य पदार्थको चोरी निकासी बन्द थियो तर हिजो अस्तीदेखि फेरि खोला माफियाहरु खोला अवैध दोहनमा भिडेका छन् । खोला तस्करहरु साँझ र विहानको समयमा तुरिया खोलामा ट्रेक्टर हाली ढुंगा गिट्टी बालुवा चोरी गरिरहेको सुनवलका स्थानिय भिम बहादुर सेनले गुनासो गरे ।
उनले भने, तुरिया खोलामा साँझ र विहानको मौका छोपी खोला तस्करहरु ढुङ्गा, गिट्टी बालुवा चोर्ने कार्य २÷३ दिनदेखि तिब्रता पाएको छ, यसलाई रोक्न पालिका, डिभिजन बन र स्थानिय प्रशासन मौन नै बसेको सेन आरोप लगाए । उनी भन्छन्, दुई हप्ता जति खोला बन्द थियो तर अहिले फेरि खोला तस्करहरु पालिका, बन र प्रहरीको सेटिङ्गमा नदीजन्य पदार्थ झिक्न थालेका छन् । जसको नियमनमा कोई बोलेको पाइएछैन ।
खोला तस्करी मौलाएको बेला दिनहुँ खोलाबाट सयबढि ट्रेक्टर माल झिकिने गरिन्छ । यसको नियमनको सट्टा उल्टै सरोकारवाल निकाय रकम असुल्ने गरेको स्थानियको ठाढो आरोप छ । ढुङ्गा बजारमा प्रति ट्राली ६ हजार रुपैया रहेको छ ।खोलाबाट दिनहुँ करीब एक सय ट्राली ढुङ्गा चोरी हुँदा रू छ लाख बढीकाे ढुङ्गा चोरी भएको देखिन्छ ।
करिब ५० लाख रुपैयाको मासिक राजस्व छली भैरहेको स्थानियहरुको दावी छ । सुनवलका केहि खोला माफियाहरूले नदिजन्य पदार्थ विक्री गर्ने र रकम कमाउने मुख्य श्रोत बनाएका छन । नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रण गर्नका लागि खोला क्षेत्रमा सेना नै परिचालन गर्नु पर्ने आवश्यक्ता देखिएको सुनवल-१ का वडाध्यक्ष मन बहादुर थापाले प्रतिक्रिया दिए ।
सुनवलमा नदिजन्य पदार्थ चाेरी निकासी भएकाे जन गुनासो आएपछि सनुवल नगरपालिकाले गत साउन ३१ गते अवैध ढुङ्गा, ग्रावेल डम्पिङ्ग जफत अभियान चलाएको थियो । सुनवल नगर प्रमुख बिमला अर्यालले जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा शसस्त्र प्रहरीका उपरिक्षक र पालिकाका कर्मचारीहरु सहित तुरिया खोला छेउका टोलहरु ४ घरे, ५ घरे र सोमई टोलमा पुगी सो क्षेत्रबाट ३० हाईबा र २१ टिप्पर ढुङ्गा जफत गरेको थियो ।
त्यसकाे रोयाल्टी करिब ६ लाख हुने पालिकाले अनुमान गरेको छ। खोलाको छेउछाउमा अवैध डम्पिङ्गहरु जफत गर्ने अभियान दुई तीन दिन मात्र चल्यो । अहिले अभियान किन ओझेलमा पर्यो स्थानियहरु विभिन्न शंका उपशंका गर्न थालेका छन् ।खोला क्षेत्रहरुमा अहिले पनि ढुङ्गा, मिस्कट (ग्रावेल) अवैध डम्पिङ्गका ठुल ठुला पहाड नै छन । खोला तस्करको थ्रेट र आर्थिक प्रलोभनले जफत अभियान हराएको भन्ने स्थानियको आरोप छ ।
खोला तस्करी न्युनिकरणमा पालिका, बन र प्रहरीले किन चुप लाग्नु भनेकाे खोला माफियाहरूले मासिक रकम दिए छन कि स्थानियले शंका गरिरहेका छन ।
आफुँ जिल्ला बाहिर रहेको मौका छोपी खोला तस्करहरु नदीजन्य पदार्थ चोरेको हुन सक्ने नगर प्रमुख बिमला अर्यालले बताईन् । उनले भनिन्न खाे खाेला तस्करबाट अहिले सम्म रूपैया लिएको छैन । लिनेवाला पनि छैन । खोला चोरी बन, प्रहरी र केहि नेताहरुको मिले मतोमा चल्दै आएको छ यसलाई रोक्न धेरै प्रयास गरेकि छुँ ।
नगरपालिकाले खोला चोरी न्युनिकरण र अवैध डम्पिङ्ग जफत अभियान निरन्तर जारी रहने छ । अभियानमा सुरक्षा निकायहरु र जिल्ला समन्वय समिति लगायतका संघिय तथा प्रदेश सांसद र स्थानियहरुको भरपुर सहयोगको अपेक्षा राखेको नगर प्रमुख अर्यालले जानकारी दिईन् ।
केही दिन पहिला नदिजन्य पदार्थ जफत गर्ने नगरपालिकाले भियान चलाएकाे थियो । खोला माफियाहरुले नदिजन्य पदार्थ चाेरी निकासी गरेकाे सुचना प्राप्त श्चात तस्करी राेकनका लागि बृहद अनुगमन गर्ने पक्राउ परेकालाई कानुनी दायरामा ल्याउने जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला अनुगमन समितिका अध्यक्ष भगवती प्रसाद यादवले प्रतिबद्धता जनाए ।
खोलाबाट अबैधरूपमा निकासा गरेका नदिजन्य पदार्थ विभिन्न सप्लार्यसहरू बिल काटेर विक्री गर्ने गर्दछ । रोहिणीमा बनिरहेका नेपाल आयल निगमको प्रोजेक्टलाई सुनवलकै केहि ढुङ्गा सप्लायर्सहरुले करोडौंको ढुङ्गा बेचेको खुलेछ । विगत दुई बर्ष देखि तुरिया खोला चाईनिजले आफनो प्रोजेक्टका लागि ठेक्का लिईएको छ ।
सुनवलका सप्लार्यहरुले खाेलाबाट नदीजन्य पदार्थ झिकिन नपाएपनि करोडाैकाे ढुङ्गा बेच्नु भनेकाे खाेलाबाट चोरेको प्रमाणित गर्दछ । जिल्ला समन्वय,स्थानीयतह, डिभिजन वन र स्थानिय प्रहरी प्रशासन नदिजन्य पदार्थ पदार्थ निकासी नियन्त्रण गर्न जरूरी छ ।