नवलपरासी : जिल्लाको प्रतापपुर गाउँपालिका‐९ बेलाटारीमा जनता प्रगतिशील पार्टीको क्षेत्रिय कार्य समितीको कार्यालय उदघाटन पुर्व मन्त्री हृयदेश त्रिपाठीले गर्नुु भएको छ ।
जनता प्रगतिशिल पार्टीको क्षेत्रिय कार्यालय समुदघाटन नेता त्रिपाठीले गर्नुु भएको हो । कार्यक्रम सम्बोधन गर्दै नेता त्रिपाठीले आगामी चुनावमा जनता प्रगतिशिल पार्टी संग बिचार मिल्ने पार्टी जनमत, नागरिक उन्मुक्ति पार्टीहरु सङ सहकार्य गरेर चुनाव लडने बताउनुु भयो ।
अहिले जनता प्रगतिशील पार्टी सङठन बिस्तार गर्नका लागि क्षेत्रिय कार्यालयबाट नै जनताहरुको समस्या समाधान गर्नका लागि कार्यकर्ता हरुलाई बिजया दशै र दिपावलीको शुभकामना समेत प्रदान गर्नु भयो ।
देशमा सब भन्दा बढी आर्थिक हिनामिना स्थानिय सरकारले नै गरेको अख्तियार दुरुपयोगमा मुद्या परेको सुनिन्छ पुर्वमन्त्री जनता प्रगतीशिल पार्टीका राष्टिय अध्यक्ष हृयदेश त्रिपाठीले बताउनुु भयो ।
पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं १ को क्षेत्रीय पार्टी कार्यालाय उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले देशमा दुई वटा आतंक शुरु भएको जिकिर गर्दै देशमा आर्थिक अनियमितता बढेको जिकिर गर्नु भयो।
देशमा करदाता माथी करको भार थपिदै गईरहेको र सम्पती सुदृढीकरणको नाममा निर्दोष उद्दोगी ब्यपारी र ब्यक्तिहरुलाई सरकारले सताउने कार्य गरिरहेको उनको भनाई छ । देशमा दुई ठुला दलको बलियो सरकार भएपनि आर्थिक संकट बढदै गएको छ ।
आर्थिक मन्दीका कारण दिन प्रति दिन जनताहरुमा निराशा छाउदै गएछ । पार्टीका जिल्ला सयोजक राधेरमण पान्डेले पार्टी कार्यालयको उद्घाटनमा शुभकामना दिदै कार्याकर्ताहरुलाई यश पार्टी कार्यालयबाट सङ्ठन बिस्तार र मजबुत बनाउनुुका सथै राजनीतिक सेवा समेत लिन आग्रह गर्नु भयो।

कार्यक्रम पार्टीको क्षेत्रीय अध्यक्ष रामप्रीत यादको अध्यक्षमा क्षेत्रिय पर्टी कार्यालय उद्घाटन र शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न बक्ताहरुले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम समाजसेवी एव मुख्य कार्यकर्ता आमूल पान्डेले संचालन गर्नु भएको थियो ।



