हिजाे देखि दशरथ रङ्गशालामा सुरू भएकाे प्रतियोगितामा आयोजक नेपाल सहित भारत,पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहे छन् ।
नेपाल समुह “बी”मा श्रीलंका, माल्दिभ्स र भुटान सँग रहेको छ भने समुह “ए”मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।नेपाल यश अघि पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ ।भारतले अहिले सम्म पाँच पटक प्रतियोगितामा उपाधि जितेको छ।बंगलादेशले पनि एक पटक उपाधि जितेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ।एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको छ ।