नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले विद्याथी,अभिभावक र विद्यालयबाट आएका गुनासा सम्बोधन गर्न पुस्तक छाप्ने प्रक्रियामै रहेको बताए । नगरप्रमुख धनपत यादवले अब चाँडै पुस्तक छपाइ अगाडि बढाउने जानकारी दिए ।नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक,धार्मिक,सामाजिक,सांस्कृतिक विषय,स्थानीय कला,सीप, प्रविधिक,पशुुपालन र यहाँका जातजातिकोको पहिचानसँग जोडिएका विषयहरूबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रम लागू गरेका छौँ।त्यस्तो महत्वपूर्ण पुस्तक वितरणमा यस वर्ष ढिलाई भएको छ।अब चाँडै समस्या समाधान गर्छौं उनले भने।
रामग्राम नगरपालिकाले स्थानीय मौलिक कला,संस्कृति, सभ्यता,पर्यटकीय तथा ऐतिहासिक पहिचानसँग जोडिका स्थलसहितका बारेमा जानकारी दिने उद्देश्यले ‘हाम्रो रामग्राम’ पाठ्य पुस्तक पठनपाठन सुरु गरिसकेको छ।विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठन पाठन हुने गरी यो पुस्तक लागू गरिएको हो।
नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक,धार्मिक,सामाजिक,सांस्कृतिक,स्थानीय सीप,प्रविधि,पशुपालन र यहाँ बसोबास गर्दै आएका जात जाति लगायतका बारेमा पुस्तकमा समावेश गरिएको छ।जसले स्थानीय विद्यार्थी,अभिभावक र शिक्षक शिक्षिका उत्साहित भएका थिए तर यस पटक भने सो पुस्तक विद्यार्थीको हातमा पुर्याउन सकिएको छैन।नगरपालिकाले यस वर्ष समुदायिक विद्यालयका विद्यार्थीहरूलाई पाठ्य पुस्तक वितरण नगर्दा पठन पाठनमा समस्या भइरहेको शिक्षक तथा विद्यार्थीहरूले गुनासो गरेका छन्।
स्थानीय आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रीराम ढकालले यसवर्ष पाठ्यपुस्तक वितरण नगरिएकाले समस्या भएको बताए।उनले पुरानो पाठ्यपुस्तकलाई आवश्यकताअनुसार फोटोकपी गरेर पढाउने गरिए पनि यो निकै झण्झ टिलो भएको बताए।विद्यार्थी भर्ना भएदेखि नै पुस्तकका लागि आग्रह गरिए पनि नगरबाट हालसम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका सोही विद्यालय अभिभावक सङ्घका अध्यक्ष तिलकराम ढकालले बताए।अभिभावक मिन्नु हरिजनले भने,’समुदायिक विद्यालयमा शैक्षिक पाठ्यपुस्तक नपाएको बारे गुनासो गर्न जाँदा विद्यालयका प्रधानाध्यापकलगायत शिक्षक,शिक्षिकाहरूले नगरपालिकाले उपलब्ध गराएकै छैन, हामीले कहाँबाट ल्याएर दिनु भन्छन्। पुस्तक नै नदेखेर यो शैक्षिक सत्र जान दिन भएन ।
आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवले पाठ्य पुस्तकका लागि आफूहरूले सम्बधित निकायलाई निरन्तर झक्झक्याइरहेको बताए।पवन माध्यामिक विद्यालयका प्रधानाध्यापक अरविन्द पाठकले भन्छन्,’यसवर्ष पाठ्यपुस्तक वितरण नगर्दा पुराना किताब खोजेर काम चलाउनु पर्ने अवस्था छ ।