नवलपरासी-पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेप स्थित भित्री सडक खण्डमा बाख्रा बचाउने क्रममा लु३ च ६०३२ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
देउसी भैलो खेलन हिँडेको पिकअप बाख्रालाई बचाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।दुर्घटनामा परी १० जना घाईतेलाई सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ।
देउसी भैलो खेलन हिँडेको पिकअप बाख्रालाई बचाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
दुर्घटना भएका १० जना मध्ये ४ जनाको अवस्था मध्यम र६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।