नवलपरासी-पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका-२स्थित मोटरसाईकल दुर्घटनामा एक जनाकाे मृत्यु।
चालक दल बहादुर चौधरीले लु१८प५८४९ नम्बरको मोटरसाईकल चलाउने क्रम्मा आईतवार दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
दुर्घटना भएका चाललकाे टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो।घाइतेलाई उपचारकाे लागि रुपन्देही स्थित क्रिमसन अस्पतालमा लगिएको थियाे।उपचारको क्रममा घाइतेलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।