यस वर्ष एक सय टन धान उत्पादन भएको जनाउँदै साे जग्गा मध्ये बाँकी छ बिघा पैतृक सम्पत्ती रहेको बताए । सो जग्गामा सावित्री, रामधान, चैते–५ लगायत जातका धान लगाएको उनको भनाइ छ ।कृषि खेतीमा आफूलाई लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयले गत वर्ष उत्कृष्ट कृषकका रूपमा ५१ हजार रुपैयाँ सहित पुरस्कार प्रदान गरेको जयसवालले जानकारी दिए ।
पुरस्कारपछि आफूलाई थप हौसला मिलेको उनले उल्लेख गरे ।बिउ उत्पादन गर्न जयसवालले नवलपरासीमा ‘आरोही सिड्स’ कम्पनी सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट आधुनिक जातका धान,गायतका बिउ स्थानीयलाई उपलब्ध गराउँदै आइएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।
पछिल्लो समयकाे तुलनामा व्यावसायिक कृषिमा यहाँका किसानहरूको आकर्षण बढन थालेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदिश गुप्ताले बताए । केही वर्ष अघिसम्म जीविको पार्जनका लागि मात्र खेती गर्दै आएका यहाँका किसान अहिले व्यावसायिक खेतीमा आबद्ध हुन थालेका उनको भनाइ छ।