नवलपरासी-पश्चिम नवलपरासी रामग्राम स्तुपमा धातु विशेष पुजाको तयारी गरिदै।रामग्राम विकास कोषको नेतृत्वमा राग्राम नगरपालिकाको आयोजना रामग्राम स्तुपमा शुक्रवार धातु विशेष पुजा गर्ने तयारी भईरहेको रामग्राम विकास कोषको सदस्य बेचु गौंडले बताए ।
धातु विशेष पुजाको लागि मंगलवार देखि नै त्हाँका स्थानीयहरु सरसफाई तथा धातु विशेष पुजाको तयारीमा लागेको नवलपरासी नागरिक समाजका अध्यक्ष रामसिँह सैंथवारले बताए।
धातु विशेष पुजामा विश्व शान्तिको कामना गर्दै शान्ति दिप क्यान्डिल बालेर दिप प्रज्वलन तथा भिक्क्षुहरुलाई भोजन दान गर्ने रामग्राम नगरपालिकाका अध्यक्ष धनपत यादवले बताए। उनले भने धातु विशेष पुजा तथा दिपप्रज्वलन कार्यक्रम्मा रामग्राम नगरपालिका लगायत जिल्लाका विभिन्न संघ संस्था सहभागिको लागि आमन्त्रित गरिएको छ।
नवलपरासी पश्चिम सदरमुकाम देखि चार किलोमिटर दक्षिण रहेको रामग्राम स्तुपा क्षेत्र ऐतिहासिक,पुरातात्विक,तथा धार्मिक स्थलमा यो कारयक्रम गरेपि थप प्रचारप्रसार पनि हुने र रामग्राम स्तुपाको विकास पनि गरिने।