पश्चिम नवलपरासीकाे सदरमुकाम परासी स्थित बुद्ध चाेकमा नेपाल कम्युनिस्ट पार्टीले काेण सभा गरि माओ दिवस तथा एकता महाधिवेशन गरेकाे छ।
आयाेजित सन्देश सभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले समाज परिवर्तन गर्नकाे लागि वैज्ञानिक विद्रोह गर्न आवश्यक रहेकाे बताउदै नेपाली नागरिकले नागरिकता नपाउने र अन्य देशबाट आएका नागरिक नागरिकता प्राप्त गरेेर रानितिक सत्तामा बसेका छन।
जिल्लाकाे सुस्ताका३०विघा जग्गा भारतले कब्जा गरेकाे छ।मधेशमा वर्गीय जातिय उत्पिडित,कृषि,नागरिकता लगायतका समस्या रहेकाे उनकाे भनाई छ।
राेजगार नपाएर देशमा भएका युवा युवती वैदेशिक राेजगारमा पलायन भईरहेका छन।जब सम्म बुजिबादहरूले राजनितीक सत्तामा रहन्छन् तब सम्म अर्थतन्त्रकाे समस्य रहन्छ र गरीब विपन्न र दलित समुदाय राजनितिक सत्ता पाउदैनन्।
संसदीय दलाल व्यवस्थाले निर्वाचन प्रणाली महंगाे बनाएछ।नेपाल कांग्रेस,एमाले,र माओबादी पार्टीले भारत रअमेरीका संग मिलेर देश बिगारेका छन।अर्थन्त्र तथा राेजगार नपाएर १५ देखि १६ सय जनाले देश छाेडेर अन्य देशमा राेजगारमा राेजगारकाे गएकाे देखिन्छ नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज कृष्ण राज पाैडेल।
नवलपरासी मालपाेत कार्यालयका कर्मचारीहरूले लेखापढी मार्फत घुस लिने गरेकाे प्रदेश ईन्चार्ज पाैडेलले भने साईकल र माेटरसाईकलमा चढने नेता राजनितिक सत्तामा पुगेर अहिले काठमाडौंमा सिँहदरवार बनाएका छन।
सदरमुकाम परासी परिक्रमा गरि बुद्ध चाेकमा क्रान्तिकारी कम्युनिस्ट नेपाल,नेकपा (क्रान्तिकारी माओबादी)नेकपा मसाल र नेकपा (बहुमत)काे महत्त्वपूर्ण हिस्सा बिच एकता भएर बनेकाे पार्टी हाे।
महाधिवेशनकाे सभा मार्फत प्रतिक्रियावादी राज्य सत्ता र व्यवस्थाका साथै स्थानीय तहमा भएकाे भ्रष्टाचार विकृति विसङगती विरुद्ध घाेषणा गरिएको छ।