सन्२००० मा स्थापना भएको रामग्राम जेसिजले आफ्नो २५ औँ वर्षमा प्रवेश गरेको छ।सो अवसरमा रजत वर्षको रुपमा विविध कार्यक्रम गरिने अध्यक्ष रावले बताउनुभयो।९सदस्यीय सञ्चालक समितिमा दुई कार्यकारिणी उपाध्यक्ष,४उपाध्यक्ष, एक सचिव र एक सह-कोषाध्यक्ष अधिवेशनले निर्वाचन गरेको हो।
उमेश कहाँर र मुकेश नारायण लोनिया दुई कार्य काल उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।जगदीश कहार, किरण कुमार गुप्ता,रन्जिता कुमारी शाह, हिमाल चन्द्र अर्याल चार कार्यकाल उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।सचिवमा अनिरुद्र ठाकुर र सह-कोषाध्यक्षमा अनुराग कुमार अग्रवाल निर्वाचित हुनुभएको छ।रामग्राम जेसिजको महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष मनोनित गरी पूर्ति गरिनेेछ।