परासी-पश्चिम नवलपरासीमा कुकुर हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।पाँच वटा कुकुरकाे बच्चा र एउटा माउकाे निर्दयतापुर्वक हत्या गरेकाे भिडियाे फेसबुकमा पाेष्ट गरेका सुस्ता-५बेलवानी बस्ने अं वर्ष ३३ काे राज कुमार रअमन कुमार चिडी मगरलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ।
शनिवार नरायणी नदी स्थित ठाडीघाटकाे पाँच नम्बर ठाेक्कर छेउमा पाँच वटा कुकुर एउटा माउ मारीरहेकाे भिडियाे सुस्ता-५ का अमन कुमार चिडी मगरले आफनाे फेसबुकमा पाेष्ट गरेकाे खुल्न आएकाेले पशुपंक्षी कसुर मुद्दामा जिल्ला अदालतबाट सात दिन म्याद थपगरि अनुसन्धान कार्य भईरहेकाे छ।