तालिममा महिला,पुरुष संगै विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।दलित समुदायकाे नेतृत्व तथा क्षमता विकास अभिबृद्ध गर्ने उदेश्यले दलित समुदायका युवा युवतीहरुलाई क्षमता अभिबृद्ध तालिम दिएकाे सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भयो ।
गाउँपालिकाका प्रत्येक वडाका दलित समुदायकाे हक अधिकार तथा नेतृत्व,व्यक्तित्व उदघोषण,प्रतिवेदन,आवेदन लेखन लगायत तालिम दिएकाे हाे।
सरावल गाउँपालिकाको आर्थिक सहयोग तथा पब्लिक फाउण्डेसनको प्राविधिक सहयोगमा क्षमता विकास तालिममा गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन,वडाध्यक्ष फिरङगी चौधरी,गाउँपालिकाका कर्मचारी लगायत उपस्थित थिए।