नवलपरासी-समाजिक रूपान्तर दलित युवा मञ्च काे१६औं साधारण सभा सम्पन्न भएकाे छ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१मा भएकाे साधारण सभामा जनप्रतिनिधिहरूकाे पनि उपस्थित रहेकाे थियाे।
कार्यक्रममा समाजिक रुपान्तरण दलित युवा मञ्चकाे अध्यक्ष सुरेन्द्र हरिजन,उपाध्यक्ष रज्जु हरिजन, सचिव बिन्द्रेस हरिजन,काेषाध्यक्ष नरबदा हरिजन,सहसचिव भगवानदास हरिजन,सदस्य अनिल हरिजन रविशंकर हरिजन,विसनु राव,आयाेध्या मुसहर लगायत संस्थापक अध्यक्ष संजय चमार उपस्थित थिए।
साधारण सभामा नरबदा हरिजनले२०८१असार सम्मका लेखा प्रतिवेदन र संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार संस्थामा महिला पुरूष गरी ४० जना सेयर सदस्य छन।
३लाख ४८ हजार पाँच सय रुपैयाकाे काराेबार गरेर संस्थाले पाँच हजार पाँच रुपैया प्रगति गरेकाे छ।समाजिक रुपान्तरण संस्था अगाडी बढाउनका लागि फुले गर्नु पर्ने सहयाेग सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती चमारले जाेड दिईन।
पहिल्लाे समय दलित माथि प्रत्यक्ष विभेद हुन्थ्यो तर अहिले गैर दलित समुदायले दलितको नेतृत्व स्विकार गर्न चाहेका छैन्न भन्दै उनले भनिन गैर दलित जस्तै दलित समुयले पनि अन्य पार्टीमा भएपनि समुदायिक एकता हुनुपर्छ प्रमुख अतिथि एवम् पुर्व संविधान सभासदस्य दुलारी हरिजनले बताईन।कार्यक्रम संचालन विनद्रेस हरिजनले गरेका थिए।