पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-४ पाल्ही उप-शाखाले कम्बल बितरण गरेकाे छ।
चिसोबाट प्रभावित भएका पाल्ही नन्दन-४,५ र६ का २० जनालाई नेपाल रेडक्रस पाल्ही उपशाखाले कम्बल वितरण गरेकको हाे।
परासी शाखाको सहयोगमा गरिब,असक्त,विपन्न परिवारलाई कम्बल वितरण गरेको पाल्ही उपशाखाका सह काेषाध्यक्ष मानेश्वर सहानीले बताए।
केही दिन यता शीतलहरका कारण गरिब, विपन्न परिवारकाे जनजीवन कष्टकर बन्देै गएकाेले उनीहरूकाे स्वास्थलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटीले कम्बल वितरण गरेकाे छ।
चिसोका कारण गरीब,बिपन्न,दलित परिवारका वृद्धवृद्धा तथा बालबालिकाहरु कष्टकर बन्दै गएकाेछ उनकाे भनाई छ।