नवलपरासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले कमिसन नपाउँदा भुक्तानी राेकियाे।
मुकनायक प्रा.लि.द्रारा संचालित मज्झिम आवाज जनचेतनामूलक सन्देश प्रकाशन गरी भुक्तानीकाे लागि दिएकाे निवेदनमा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले श्री लेखा मात्र लेखिएकोले आफु भुक्तानी नदिने लेखा अधिकृत कुन्दन चाैधरीले बताउनु भयाे।
श्री मान प्रमुख प्रशासकीय अधिकृत ज्यु निज प्रा.लि.लाई सन्देश मुलक सुचनाकाे भुक्तानी तुरुन्त दिनका लागि निर्देश पाउँ भनि पेश गर्दछु भनि रामग्राम नगरपालिकाका लेखापाल संजय शर्मा (बढई)ले निवेदनमा दरपिट गर्नु भएकाे छ।
प्रमुख प्रशासकियले श्री लेखा लेख्नुकाे अर्थ लिने हाे कि दिने हाे त्याे कुरा प्रष्ट लेखाएर ल्याउनु त्यसपछि मात्र भुक्तानी दिन मिल्छ लेखापाल शर्माकाे भनाई छ।
सर हजुरले श्री लेखा मात्र लेख्नु भएकाेले प्रष्ट नभएकाे भुक्तानी राेकिएकाे प्रमुख प्रशासकिय अधिकृतलाई नेपछि भुक्तानी दिने सबैमा आफुले श्री लेखा मात्र लेखेकाे खई किन
तपाईकाे भुक्तानी राेकेछ त्यसकाे बारेमा आफुले लेखा संग सल्लाह गर्ने रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले बताउनु भयाे।
स्थानीय तहका कर्मचारीहरू निर्माण व्यवसायी तथा सर्वसाधारण जनताका संग घुस लिने अपेक्षा राख्छन नै वर्षमा १०/१५ हजारकाे बिल पेस गर्दा पत्रकार संग पनि कमिसन लिने कर्मचारीहरुले अपेक्षा राखेका हुन्छन। कमिसन नपाउँदा याे मिलेन त्याे मिलेन भनी सेवा ग्राहीलाई दुख दिने कर्मछचारीहरूमा प्रवृत्ति बढेकाे छ।
कतिपय ठाउँमा घुस लिने क्रममा अख्तियार दुरुपयोगले पक्राउ गरेपनि स्थानीय तहका कर्मचारीहरूमा घुस (कमिसन) लिने प्रवृत्ति चाहि घटेकाे छैन।