प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएपछि यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले जानकार दिए। घटनाबारे प्रधानमन्त्री नरेन्द्र माेदीले मुख्यमन्त्री याेगी संग फाेनमा कुरा गरेका छन।
दैनिक भास्करकाअनुसार १४ वटा शव पाेस्टमार्टमकाे लागि अस्पतालमा पुर्याइएको छ।मृत्यु वा घाइतेहरूको संख्या बारेमा प्रशासनले आैपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।
भागदौडमा केही महिलाहरू भुइँमा लडेपछि कुल्चिएका छन। भाागदाैड दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू घटना स्थलमा पुगेर घाइते र मृतकहरूलाई अस्पताल लगिएकाे छ।
दुर्घटनापछि भिडभाड बढन नदिनका लागि संगम किनारमा एनएसजी कमाण्डोहरू खटिएपछि सर्वसाधारणको प्रवेश निषेध गरिएको समाचारमा उल्लेख छ ।