परासी-लुम्विनी प्रदेश सरकारले २७ लाख रुपैया लागतमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका-३ निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ।
वडा भित्रै डेढ बिघा सार्वजनिक जग्गा हाटबजार नबनाएर गाउँपालिका पूर्वउपाध्यक्षले सरकारी बजेट आफनो दाजुकाे व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधिन हाटबजार एकान्तमा रहेकोले व्यपारीले त्यहाँ बजार लगाउन मानेका छैनन् आफूले निर्माणाधिन हाटबजार लगाउन भनेपनि व्यपारीले भने त्यहाँ बजार नलगाउने सरावल–३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताउनु भयो।
उनका अनुसार सरकारको रकम सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा राननितिक पदमा रहेकोले आफू यो पदबाट गएपनि पछि आम्दनीको स्रोत हुने गरी आफनो व्यक्तिगत जग्गामा हाटबजार बनाउनुभएको हो ।
पूर्वउपाध्यक्षको नम्बरी जग्गामा आफूले बजार लगाउने पहल गरेपनि ब्यपारी त्यहाँ बजार लगाउन मानेका छैनन् सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभयो ।
हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल-३ स्थानीय लेखनाथ रायले बताउनुभयो ।
उहाँका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधिन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ ।
पूर्वउपाध्यक्षको नम्बरी जग्गामा आफूले बजार लगाउने पहल गरेपनि ब्यपारी त्यहाँ बजार लगाउन मानेका छैनन् सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभयो