प्रेस सेन्टरको शनिबार बर्दघाटमा चिरन न्यौपानेको अध्यक्षतमा भएको दोस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।
सेन्टरको खुला उपाध्यक्षमा रामकरन हरिजन,र महिला उपाध्यक्षमा सोनकली थारु,सचिवमा पिपला अस्लामि मगर, कोषध्यक्ष सितमती हरिजन,सह सचिव मिम बहादुर सुनार सर्वसम्मत निर्वाचित हुनुभएको छ।समितिको सदस्यमा र मनोज परियार सदस्य समझना सुवेदी,मोहन सापकोटा,रचना चौधरी,अमृता पन्थी सर्वसम्मत चयन हुनु भयो।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार डा.घनश्याम परिश्रमीले पत्रकारिता तालिमको माध्यमबाट सक्षम पत्रकारहरू उत्पादन गर्न केन्द्रीय सदस्य गोपी ज्ञवालीले जाेड दिनु भयाे।अधिवेशन समारोहलाई सम्बोधन गर्दै सेन्टरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायण भण्डारीले सेन्टरमा आवद्ध भएका तथा नयाँ पत्रकारहरूलाइ अगामी दिनमा तालिमकाे व्यवस्था गर्ने।
पत्रकारले कलम चलाएर आय आर्जन गर्न सक्ने क्षमता हुनुपर्छ बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भयो।पार्टीले गरेका गतिविधिहरूलाई समेत सञ्चार माध्यमबाट प्रचार प्रसार गर्ने पश्चिम नवलपरासी माओवादी संयोजक रामानन्द यादवले बताउनु भयो।माओवादी केन्द्रका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जाले पत्रकारिताको लागि सबै पक्षको सहकार्य गर्ने बताउनु भयो ।