पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ स्थित सुनवल उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले नेपालका अधिकांश युवाहरु स्वदेशमा रोजगार नपाएर बाध्य भएर देश छोडेर वैदेशिक रोजगारमा गएको बताउनु भयो।
अहिलेकाे सरकार अन्तिम समय सम्म टिकेर मुलुकलाई अगाडी बढाउनुका साथै समाजलाई पनि अगाडी बढाउने त्यारीमा लागेको उनको भनाई छ।उद्योगिहरुको अभिभावकको रुपमा वर्तमान सरकारले काम गर्नुको साथै उद्योग व्यवसायमा लाग्ने कर समेत घटाउने तथा साना मझौला उद्योगिहरुको प्रमोसन गर्ने।नेपाल अहिले आर्थिक संकटमा रहेकोले सबै राजनिततिक भएर हुन जरुरीछ उहाँले भन्नु भयो।
सरकार बनिसकेपछि संयुक्त सरकारका प्रधानमन्त्रीले निर्माण व्यवसायीहरुलाई बोलाएर चैत मसान्त सम्म सडक बनेन भने ठेक्का रद्ध गर्ने चेतावनी दिएपछि बुुटवल नरायणघाट सडकको काम तिब्रगतिमा भईरहेको छ।बुटवल नारायणघाट सम्म सडक चैत मसान्त सम्म सडक्को काम समपन्न गर्नुपर्छ प्रधानधन्त्रीले निर्देशन दिएपछि अहिले निर्माण व्यवसायीले तिब्रगतिमा सडकको काम गरिहेका उहाँको भनाई छ।
साधारणमा सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले सुनवल उद्योग वाणिज्य संघको भवन निर्माणको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।कार्यक्रम्मा सुर्य प्रसाद दुबे लागयतको उपस्थिती थियो।