परासी-पश्चिम नवलपरासीमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच पि भि खोप अभियान शुरु गरेको छ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्राम स्तरिय खोप अभियानको शुरुवात भएको घोषणा गरेका हुन। जिल्ला स्थित आदर्श माध्यामिक बिधालयबाट उक्त खोप अभियान शुरु भएको हो ।
पाठेघरको कयान्सरबाट दिनहु ४ देखि ८ जना महलिाकोे मृत्यु हुने गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनु भयो।
आज देखि फागुन २८ गते सम्म खोप अभियान हुने स्वास्थ कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले बताउनु भयो।कक्षा ६ देखि १० सम्म अध्ययन/अध्यापन हुने बिद्यालयमा खोप केन्द्र स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन हुने।
नगरपालिकाको आयोजनामा पालिका स्तरीय एच पी भी खोप अभियानको शुभारम्भ गरिएको हो। एक हप्तामा रामग्राम भित्रका १८वटा वडामा कयान्सर विरुद्ध खोप अभियान समपन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो।
रामग्राम नगरपालिका भित्रका १४ वटा विद्यालयमा खोप केन्द्र संचालन गरी एच.पी.भी.खोप सुरू गरेको स्वास्थ शाखा अधिकृत अनिल खडकाले बताउनु।
उनका अनुसार १३ देखि १४ सयको हाराहारीमा पाठेघर कयान्सर रोगबाट महिलाहरुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख छ। पाठेघरको मुखमा क्यान्सर लाग्न नदिनका लागि सरकारले देश भरी एच.पी.भी.खोप कार्यक्रम आह्वान गरेको छ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता रामग्राम नगरपालिका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा स्वास्थ शाखा प्रमुख गौरव ढकाल, प्रमुख प्रशासकिय अधिकृत यम बहादुर कँवर ३ न. वडाध्यक्ष उज्जल न्यौपाने विद्यालय प्रधानाध्यापक श्री राम ढकाल लगायत कार्यक्रममा उपस्थिती थियो।