परासी १ फागुन ː पश्चिम नवलपरासीमा १५ हजार आठ सय छ जनाले एच.पि.भी. खोप लगाएका छन ।
पाठेघर मुखको कयान्सरबाट महिलाहरुको मृत्यु हुन थालेपछि १० देखि १४ वर्ष सम्मका किसोरीहरुलाई पाठेघर मुखको कयान्सर विरुद्ध देशै भरी निशुल्क खोप लगाउने नेपाल सरकारले अभियान चलाएको छ।
पश्चिम नवलपरासी स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जिल्लाका सात वटै पालिकाका १५ हजार आठ सय छ जनाले खोप लगाई सकेका छन।विश्व स्वास्थ्य संस्था र नेपाल सरकारले प्रमाणित गरेको एच.पि.भी. खोप एक सय ४६ देशमा किसोरीहरुले (महिला) लगाई सकेका छन बताउनु भयो ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्तर्गतका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन/अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन गरेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय खोप अधिकृत शर्मामाका अनुसार एच.पि.भी. खोप बाहिर खरीद गर्दा प्रति खोप ६५ सय देखि सात हजार रुपौयाँ पर्छ । महिनवारी सुरु नभएका किसोरीहरुलाई यो खोप पाठेघरको मुखको कयान्सर हुन नदिने प्रभावकारी भएकोले यो खोप १० देखि १४ वर्ष सम्मका किसोरीहरुलाई मात्र सरकारले लगाएको छ।एच.पि.भी. खोप लगाई सकेपछि समान्य ज्वरो आउन सक्छ त्यसबाट आतिनु पर्दैन ।
पश्चिम नवलपपरासी स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले पश्चिम नवलपरासी जिल्ला भरीका ९७ प्रतिशत किसोरीहरुले एच.पि.भी. खोप लगाई सकेकी छिन ।