नेपालीहरू विभिन्न धर्ममा बाधिए पनि सबै धर्मको आशय एउटै हाे लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरणा प्रसाद कलवारले बताउनु भयो।मदरसालाइ पनि राष्ट्रिय शिक्षा संग अगाडी बढाउन प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जाेड दिनु भयाे।
हाम्राे नजरमा सबै धर्म बराबर हाे,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्ता गाउँपालिका अन्तर्गत एउटा उच्च शिक्षा प्रदान गर्नका लागि माध्यमिक स्तरकाे विद्यालय सञ्चालनका गाउँपालिकाले सहयाेग गर्ने उनकाे भनाइ।
कार्यक्रम्मा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले प्रत्येक व्यक्तिले सकारात्मक साेच राख्नु पर्छ। पश्चिम नवलपरासी जिल्ला कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य करम हुसेन अन्सारी, पत्रकार श्याम थापा,समसाद अन्सारी लगायत आफ्नो धारणा राखुभएको थियाे।
ओल्मा काउन्सिल नेपाल नवलपरासी शाखाका अध्यक्ष निजामुदिन अन्सारीको अध्यक्षतामा रमजानुल मुबारक शुभकामना आदान प्रदान तथा मदरसा शिक्षा विकास कार्यक्रम समपन्न भएकाे,कार्यक्रम सञ्चालक सैयद गुलाम हुसेनले जानकारी दिनु भयाे।