परासी ९ फागुनːपश्चिम नवलपरासीमा नसर्ने रोगहरूको पहिचान अभियान सुरु भएको छ।फागुन एक गते देखि २९ गते सम्म अभियान सुरु रहने ।
यो अवधि सम्म मधुमेह (रगतमा चिनीको मात्रा)रक्त चाँप(ब्लड प्रेसर मापन)मिर्गौला सम्बन्धी,उचाइ र तौल अनुसार शरीरको स्वास्थ्य ठिक छ कि छैन पत्ता लगाउन सकिन्छ,नसर्ने रोगको जाँचहरू फागुन महिना भरी निशुल्क जाँच गराउन सकिने पश्चिम नवलपरासी स्वास्थ्य कार्यालय अधिकृत भेषराज शर्माले बताउनु भयो। ‘नसर्ने रोगको जाँच समयमै गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ जिल्ला भरी अभियान सुरु भएको छ ।
आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गएर यी चार प्रकारका जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ ।
नवलपरासीको सात वटै स्थानीय तहमा एक महिना सम्म निःशुल्क जाँच गरिनेछ । ३० भन्दा माथि उमेर भएकालाई नसर्ने रोगहरूको रोकथाम र पहिचान लागि जिल्लाव्यापी अभियान सञ्चालन भएको हो ।
स्वास्थ्य कार्यालय अधिकृत शर्माले ‘नसर्ने रोग भयावह रहेकोले । यो अभियानमा चार प्रकारका जाँच गरिन्छ । यो अभियानमा जाँच गराउँदा कुनै पैसा लाग्दैन । ३० वर्ष उमेर पुगेकाले यो जाँच गराउन जरुरी छ । नसर्ने रोग थाहा भयो भने मानिस स्वस्थ रहन र दीर्घ जीवन बाँच्न सक्ने छन ।