परासी२१ फागुन ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका स्थित नेकपा (माओवादी केन्द्र) कमिटिले सहिद परिवार सम्पन्न गरेको छ ।
बुधबार एक कार्यक्रम आयोजना गरी माओवादी जनयुद्धमा सहिद भएका परिवारका सदस्यहरु, पुर्व जनमुक्ति सेना तथा लामो समय देखि माओवादी पार्टीमा योगदान गरेकाहरुलाई सम्मान गरिएको हो।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल द्धारा जनयुद्धका सहिद टेकराज थारुकी भाउजु पवित्री थारु, रोहित यादवका बुवा रामपथ यादव, मनोज चमारकी पत्नी सन्तोषी हरिजन, राम प्रवेश हरिजनका छोरा सन्दिप हरिजन तथा मान बहादुर गुरुङकी आमालाई सम्मान गरिएको थियो ।
त्यस्तै पुर्व जनमुक्ति सेना विनोद बनिया, शुष्मा बनिया, रंगलाल गुप्ता र विजय दुसादलाई समेत कार्यक्रममा सम्मान गरीएको थियो ।
त्यस्तै लामो समय देखि पार्टिमा योगदान गरेको भन्दै केशव न्यौपाने, चोकट प्रसाद हरिजन, महातम प्रसाद हरिजन, हरिनारायण चौधरी, नरबहादुर गुरुङ, बसन्ति हरिजन र बासुदेव महत्तोलाई सम्मान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले माओवादी केन्द्रले भष्ट्राचार विरोधि अभियान सञ्चालन गरेपछि कांग्रेस एमाले मिलेर माओवादीको सरकार ढालेको भन्दै अहिले देशभर माओवादी केन्द्र प्रति आर्कषण बढेको बताउनुभएको छ ।
बरालले बर्तमान सरकारल भष्ट्राचारीहरुलाई संरक्षणमा लागि परेको बताउँदै कुलमान घिसिङ जस्ता उत्कृष्ट कर्मचारीहरुलाई दुख दिईराखेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र सुस्ताले आगामी चैत ९ गते दोस्रो पालिका कमिटि अधिवेशन घोषणा गरेको छ।जसकाे लागि पार्टिका लुम्बिनी प्रदेश सदस्य दिर्घजीवी पोखरेललाई निर्वाचन कमिटि संयोजक र बासुदेव महत्तोलाई सह–संयोजक तोकिएको छ ।