तीन दिन सम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रविधि प्रदर्शनी, परम्परागत रैथाने परिकार प्रदर्शनी,अन्तरक्रिया कार्यक्रम, कृषि हाजिरी जवाफ प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रम समावेश गरिएकाे छ।
महोत्सवमा स्थानीय किसान, कृषि अनुसन्धानकर्ता, विद्यार्थी,व्यवसायी तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिता रहेकाे पाईएकाे छ।
नवजागरण नमूना माध्यमिक विद्यालय, चोरमाराको रंगशालामा आयोजना हुने महोत्सवका लागि स्टल निर्माण लगायतका तयारी तीव्र गतिमा भइरहेको आयोजक समितिले जनाएको छ ।
कृषि तथा पसुपंछी बिकास मन्त्री राम नाथ अधिकारीले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव समुदघाटन सम्पन्न गर्नु भएकाे हाे।
कृषि मेलामा भैरहवा स्थित राष्ट्रिय गहुवाली अनुसन्धान प्राबिधिक अधिकृत राजेन्द्र प्रसाद यादव,सगर पाण्डे र ध्रुप हरिजन सहभागी थिए।
कृषि मेलामा आउने कृषक, विद्यार्थी, बुद्धिजीवी, सामाजसेवीलाई गहुँका जातहरु,उन्नत खेति प्रबिधि,एवं रोग किरा व्यवस्थापन सम्बन्धि भैरहवा स्थित राष्ट्रिय गहुवाली अनुसन्धान प्राबिधिक अधिकृत राजेन्द्र प्रसादले जानकारी दिनु भएकाे थियाे।
अधिकृत राजेन्द्र प्रसादले कृषि मेलामा भने देशमा आधुनिक एवं जलवायु मैत्री कृषि बालीको जातहरुको प्रयोग,गुणस्तर युक्त विउ प्रयोग गरी उत्पादन बढाउन सकिने।
संघिय माननीय कृषि मन्त्रि रामनाथ अधिकारीले कृषक पाठशालाको अवधारणालाइ बृहत रुपमा प्रचार प्रसारको मध्यमवाट उत्पादन एवं रैथाने बालि प्रबिधि र खानाको परिकारमा जोड दिनुपर्ने बताउनु भयो।
कृषि मेलामा गहुँ, मकै, गाइ भैसी, र बाख्रा, कृषि यान्त्रिकरण तथा रैथाने खानाको परिकारहरु बढी मात्रामा रहेको थियो।